Saturday, 15, August, 2020 info@saipalnews.com

कोसी, कर्णाली र गण्डकी नदीलाई भारतीय जलमार्गसँग जोडिने छ

काठमाडौं २ जेठ। कोशी, कर्णाली र गण्डकी नदीमा जलयातायातको विकास गरी त्यसलाई भारतीय जलमार्गसँग जोडिने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारले यस्तो घोषणा गरेको हो ।गण्डकी नदीको उपयुक्त स्थानमा टर्मीनल बनाएर भारतीय जल यातायात सञ्जालसँग जोड्ने र तीन वर्षभित्र जल यातायात सञ्चालनको घोषणा समेत सरकारले गरेको छ ।