Saturday, 18, September, 2021 info@saipalnews.com

दुधकोसीसहित सुनकोसी मरिण डाइभर्सन निर्माण थालिने

काठमाडौं २ जेठ। सरकारले राष्ट्रिय प्रसारणलाइन नपुगेका स्थानीय तहमा सौर्य मिनी ग्रिड बनाउने भएको छ । सरकारले सबैलाई विद्युत सेवाको पहुँच पुर्‍याउने गरी यस्तो घोषणा गरेको छ ।शुक्रबार सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७र७८को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी वर्षमा माथिल्लो तामाकोसी आयोजनाको निर्माण सकाउने घोषणा पनि गरिन् ।

यसैगरी देशभित्रै अधिकतम् विजुली खपत गर्ने र बढी भएको विजुली भारतमा बेच्ने सरकारको नीति छ । त्यसैअनुसार देशका राष्ट्रिय प्रसारणलइन नपुगेका र स्तरयि ग्रामीण विद्युतीकरण नभएका स्थानमा विद्युतीकरणका आयोजनाहरु सञ्चालन गरिने भएको छ ।बुढीगण्डकी र पश्चिम सेती आयोजनाको निर्माण पनि थाल्ने नीति तथा कार्यक्रममा उल्लेख छ । सरकारले आगामी वर्ष दूधकोसी, सुनकोसी(मरिण डाइभर्सन, माथिल्लो अरुण, तामाकोशी ५ र जगदुल्ला आयोजनाको निर्माण थाल्ने भएको छ ।