Wednesday, 22, September, 2021 info@saipalnews.com

नौगाड गाउँपालिकाद्धारा विदेशमा अलपत्र परेकाको उद्धार गर्न सरकारसँग आग्रह

दार्चुला ४ वैशाख । नौगाड गाउँपालिका दार्चुलाले विश्वभर कोरोना भाइरस कोभीड १९का कारण गरिएको लकडाउनका कारण विदेशमा अलपत्र रहेका नेपालिहरुको उद्दार गर्न नेपाल सरकारलाइ अनुरोध गरेको छ । भारत लगायत अन्य मुलुकमा लकडाउनका कारण रोजगारी गुमाएर अलपत्र परेका नेपालिहरुलाइ स्वदेशमा सुरक्षित रुपमा उचित ब्यबस्थापन गर्न नेपाल सरकारलाइ अपिल गरिएको छ ।

नौगाड गाउपालिका दार्चुलाका अध्यक्ष प्रेमसिह धामीद्वारा जारी प्रेस बिज्ञप्तीमा भारतमा लकडाउनका कारण असहजरुपमा बसीरहेका नेपालीहरुलाइ सिमामा पिसीआर टेस्ट गरि नेपाल ल्याइ ब्यबस्थापन गर्न आग्रह गरिएको छ ।बिज्ञप्तीमा भारतमा रहेका नेपालीहरुलाइ नेपाल आउन रोक लगाए सङ्गै असुरक्षित तवरले अबैध बाटो प्रयोग गरि आउने क्रम जारी रहेकोले येसलाइ रोकथाम गर्न समयमै उचित पहल थाल्न नेपाल सरकारलाइ आग्रह गरिएको छ ।

यसै गरि अन्य मुलुकहरुमा रोजगारीको क्रममा गएका नेपालीहरु लकडाउनका कारण अलपत्र अबस्थामा रहेका नेपालीहरुलाइ उचित सुरक्षित ब्यबस्थापन को निमित्त नेपाल सरकारले सम्बन्धीत देश र राजदुतावास सङ्ग समन्बय गर्न नेपाल सरकार समक्ष आग्रह गर्दछौ जारी बिज्ञप्तीमा भनिएको छ ।