Wednesday, 19, January, 2022 info@saipalnews.com

जनता बन्दाबन्दीमा हाकिमहरू रामारोशन टुरमा

अछाम ७ जेष्ठ । बन्दाबन्दीको अवज्ञा गर्दै जिल्लास्थित समन्वय प्रमुख र प्रमुख जिल्ला अधिकारी सहितको टोली बनभोज खान रामारोशन पुगेको खुलेको छ ।उनीहरू खसी बोका सहित हुल बाँधेर अछामको प्रमुख पर्यटकीय क्षेत्र रामारोशन पुगेको सार्वजनिक भएपछि विवाद समेत खडा भएको छ ।

नेपाल पत्रकार महासँघका पूर्व अध्यक्ष बेदप्रकाश तिमिल्सैनाले सामाजिक संजाल फेसबुकमा अछाम जिल्लामा पत्रकार नरहेको भन्दै असन्तुष्टि जाहेर गरेका थिए । तिमिल्सैनाले कोरोना रोकथाममा लाग्नु पर्ने निकायका प्रमुखहरू हुल बाँधेर रामारोशन घुम्न गएको लेखेका छन् । निरन्तर तिनवटा स्ट्याटस लेखेका तिमिल्सैनाले अन्तिम स्ट्याटसमा त्यहाँ भेडा काटेर मदिरा सेवन गरेको विषय पनि उठान गरेका छन् ।

तिमिल्सैनाको फेसवुक स्ट्याटसपछि केही पत्रकारले प्रमुख जिल्ला अधिकारीलाई उक्त बिषयमा जिज्ञासा राख्दा आफूहरू रामारोशन नगएको बताएका थिए ।  त्यस्तै प्रेस संगठन नेपालका केन्द्रीय सदस्य समेत रहेका अछामका पत्रकार एकिन्द्र कुँवरले राति ११ बजेर ५ मिनेटमा जिल्ला समन्वय प्रमुख नरबहादुर कुँवर, प्रमुख जिल्ला अधिकारी र प्रहरी नायव निरीक्षकलाई पछाडी राखेर जिल्ला समन्वय उपप्रमुख टोपबहादुर रावलले सेल्फी लिदै गरेको फोटो सामाजिक संजाल फेसवुकमा राख्दै ‘कोरोनाको आतंक छ सरहरूलाई मस्ती छ भन्दै उनिहरू विदेशबाट जिल्ला आउने नागरिककालागि आइसोलेशन निर्माण गर्न पर्यटकीय क्षेत्र रामारो़शन जग्गा खोज्न निस्केको भन्दै ब्यंग गरेका छन्यता टोलीमा संलग्न एक अधिकारीका अनुसार उच्च पदस्थहरुको टोली जिल्लाको रामारोशन गाउँपालिकाले कोरोना नियन्त्रणका लागि गरिरहेको क्रियाकलापको अनुगमनका लागि रामारोशन पुगेको थियो । रामारोशन गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइन अवलोकनका क्रममा रामारोशन ताल पनि नजिकै पर्ने भएकाले टोलीले तालको भ्रमण गरेको ती अधिकारीले बताएका छन ।