Thursday, 27, January, 2022 info@saipalnews.com

थप ३० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४ सय ८७ पुग्यो

काठमाडौँ ९ जेष्ठ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ सय ८७ पुगेको छ । शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा थप ३० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४ सय ८७ पुगेको हो ।

शुक्रबार संक्रमण पुष्टि भएकाहरुमा नवलपरासी, चितवन, कपिलवस्तु, सर्लाहीका रहेका मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन् ।संक्रमितहरुमा सर्लाहीकै मात्र १५ जना भएको मन्त्रालयले जनाएको छ ।