Thursday, 23, September, 2021 info@saipalnews.com

राष्ट्रवादको लगौटी फुस्कने पो हो की : नेता न्यौपाने

काठमाडौँ ११ जेठ। नेपाल कम्युनिष्ट पार्टी नेकपाका युवा नेता लेखनाथ न्यौपानेले राष्ट्रवादको लगौटी फुस्कने पो हो की भन्ने आशंका व्यक्त गरेका छन् ।उनले नेपालको नक्सा देखाएर अर्को खतरनाक राष्ट्रघाती सम्झौता हुन लागेको आशंका व्यक्त गरेका हुन् ।नेपालको सार्वभौमता विरुद्ध रहेको भनिएको एमसीसी पास गराउन जसरी पनि पास गराउन प्रयासरतहरु तर्फ इंगित गर्दै नक्साको निजी राजनीति नगर्न घुमाउरो पाराले चेतावनीसमेत दिएका छन् ।

नेपालको अतिक्रमित भूमि कानूनी रुपमै फिर्ता ल्याउने प्रक्रिया थाल्नु राम्रो हुँदाहुँदै पनि यसको जस लिने क्रममा देखिएको अस्वस्थ प्रतिस्पर्धाले संवेदनशील विषय पनि नाटकमा मात्र सीमित त हुने होइन भन्ने खतरा बढेको आशंका समेत उनले गरेका छन् ।

“नक्साको निजी राजनीति

३नेपालको पश्चिम उत्तरको सिमाना ९त्रिदेशीय बिन्दु० लिम्पियाधुरा हो भन्ने विषय स्थापित गर्नु, त्यस अनुसार नक्सा बनाएर सार्वजनिक गर्नु र हाम्रो भूमि कानूनी रुपमै फिर्ता ल्याउने प्रक्रिया थाल्नु ९यो काम बाँकी छ वा थालिएको छैन० राम्रो काम हो तर यसको जस कसले वा कुन व्यक्तिले लिने भन्ने लिगलिगे दौड देख्दा हाम्रो भूमि फिर्ता ल्याउने जस्तो गम्भीर र संवेदनशील विषय पनि नाटकमा मात्र सीमित हुने खतरा बढेको जस्तो लाग्न थाल्यो ।

३लिम्पियाधुरासम्मको चुच्चो भाग समेटिएको नक्सा सार्वजनिक गर्ने प्रस्ताव सबभन्दा पहिला मैले पार्टीमा गरेको भन्नेदेखि पहिलो पटक नक्सा नै बनाएर उता हिंडेको मै हो भन्नेसम्म एवं मन्त्री र सचिव नक्सा बोकेर नेताहरुको घरघर धाउने दयनीय चित्रदेखि नेपालको चुच्चे नक्सा देखाएर अर्को खतर्नाक राष्ट्रघाती सम्झौता गर्न तम्सनेसम्मका हर्कत देख्दा हाम्रो राष्ट्रवादको लगौटी छिट्टै फुस्केला जस्तो पो लाग्न थाल्यो ।