Thursday, 27, January, 2022 info@saipalnews.com

अमेरिकाको झण्डा सहित रोष्ट्रम पुगेका मंत्रीले भने कालापानी लिपुलेक बिवादित भूमि हो

 कैलाली १३ जेष्ठ । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले मंगलबार संसद बैठकमा बैठकमा गैरजिम्मेवार हुँदै प्रस्तु भए ।प्रदेश सभाको छैठौं अधिवेशनको पहिलो बैठ्कमा बोल्दै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले कालापानि, लिपुलेक र लिम्पीयाधुरा नेपालको विवादित भुमी भएको बताए ।प्रदेश सभाको बिशेष समयमा बोल्दै मंत्री बोहराले भने ‘विवादित भूमिलाई आफ्नो हो भनि दावा पेश गरेकोमा प्रदेश सरकारको तर्फबाट धन्यवाद दिन चाहान्छु ।’

 

 नेपाल सरकारले उक्त भुभागलाई समावेश गर्दै नयाँ नक्सा सार्वजनिक सकेको छ । यसरी संघिय सरकारले कालापानि, लिपुलेक र लिम्पीयाधुरालाई समावेश गर्दै नयाँ जारी गरिसकेको अवस्थामा प्रदेश सरकारका जिम्मेवार मन्त्रीले प्रदेश सभामा विवादित भूमि भन्दै सम्बोधन गरेपछि प्रदेश सासंदहरुले आपत्ति जनाएका थिए । सांसद  दिर्घ सोडारीले आपत्ति प्रकट गर्दै मंत्री बोहराले दिएको अभिव्यक्ति गैरजिम्मेवार रहेको बताए । साँसद सोडारीले कालापानि, लिपुलेक र लिम्पीयाधुरा विवादित भुमी नभएर नेपालको सार्वभौमीक भुमीभएको बताउदै मन्त्रीको उक्त गैर जिम्मेवारी अभिव्यक्ति सच्याउन आग्रह गरे ।

 

मन्त्री बोहरा यत्तिमै रोकिएनन उनी प्रदेश सभामा बोल्ने क्रममा सुरुमै संयुक्त राज्य अमेरीकाको झण्डा भएको रुमाल रोष्ट्रमकोमाईक्रोफोनमा झुण्ड्याएका थिए  । प्रदेश सरकारका मन्त्रीेले अमेरीकाको झण्डा झुण्ड्याएर  सम्वोधन गर्न लागेपछि  प्रदेश सभासचिवालका सचिव राम सिहं धामीले रोष्ट्रमको माईक्रोफोनबाट अमेरिकाको झण्डा भएको रूमाल झिकेका थिए ।

 

यसरी प्रदेश सभा सञ्चालन हुदै गर्दा बाह्य मुलुकको झण्डा ल्याएर प्रदेश सभामा प्रर्दशन गर्नुले प्रदेश सरकारका मन्त्री कतिसम्मगैरजिम्मेवार रहेछन् भन्ने प्रमाणित भएको छ ।यस्तै देशभर अमेरिकाबाट प्राप्त करिब ५५ अर्ब रुपैयाँ बराबरको अनुदान सहयोग मिलेनियन च्यालेञ्ज कर्पोरेसन ९एमसीसी० सम्झौताकोविरोध चलिरहेको बेला प्रदेश सरकारका मन्त्रीले अमेरीकाको झण्डा ल्याएर प्रदेश सभाको रोष्ट्रममै प्रर्दशन गर्नुलाई भने शंकास्पद गतिविधिकारूपमा हेर्न थालिएको छ ।