Wednesday, 22, September, 2021 info@saipalnews.com

मन्त्री बोहराको अभिव्यक्ती प्रति सत्तापक्षकै सांसदको चर्को विरोध

कैलाली १५ जेष्ठ । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले लिम्पुयाधुरा, लिपुलेक बारे दिएको अभिव्यक्तीको सत्ता पक्षकै सांसदहरुले आपत्ती जनाएका छन् । विहिबार प्रदेश सभाको बैठकको विशेष समयमा बोल्ने अधिकांशा सांसदहरुले मन्त्री बोहराको अभिव्यक्तिलाई लज्जाको संज्ञा दिंदै चर्को विरोध गरे । मंत्री बोहराले लिम्पियाधुरा, लिपुलेक विवादित भूमि भने पछि सत्ता पक्षकै सांसदहरु खरो रुपमा प्रस्तुत भए ।

बैठकमा  प्रदेश सभा सदस्य पुर्णा जोशीले संघीय  सरकारले नयाँ नक्सा जारी गरीसकेको अवस्थामा हर्ष जनाउनुको बदला राष्ट्र विपरीत अभिव्यक्ती आएको भन्दै आपत्ती जनाईन् । जोशीले सरकारको जिम्मेवार मन्त्रीले दिएको अभिव्यक्ति र रोष्टममा अमेरीका झण्डा अंकित रुमाल प्रवेश गराउनुले सार्वभौम सभाको लज्जा भएको बताईन् । उनले भनिन् –‘लम्पीयाधुरा र लिपुलेक नेपालको नयाँ नक्सा जारी भएपछि उत्साह जागेको छ ।

तर प्रदेश सरकारका जिम्मेवार मन्त्रीले दिएको अभिव्यक्तीले जनताको शीर निहुरिएको छ, । नेपाल कम्युनिष्ट पार्टीका सांसद लिलाधर भट्ट खरोरुपमा प्रस्तुत भए । भट्टले सरकारमा रहेर गैरजिम्मेवार अभिव्यक्ति कसैले दिन नहुने बताए ।  सरकारले दशकौ सम्म गर्न नसकेको नयाँ नक्सा प्रकाशन गरेकोमा हर्षित भएको भन्दै जिम्मेवार भएर बोल्न आग्रह गरे ।

विशेष समयमा बोल्दै दार्चुलाबाट नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट निर्वाचित प्रदेश सभा सदस्य मान बहादुर धामीले भारतले ५८ बर्ष देखि कब्जा गरेर नेपालले गुमाएको जमिनको गुमेको भुभागलाई नक्सामा समेटेकोमा धन्यावाद दिए । सकारमा बसेर राष्ट्रको बारेमा बोल्दा गम्भीररुपमा विश्लेषण गरेर मात्र बोल्नु पर्ने धारणा राखे । प्रतिपक्षिदल जनता समाजवादी पार्टीका सांसद कृष्ण चौधरीले समेत मन्त्री बोहराको चर्को अचालोचना गरे ।

सांसद चौधरीले नेपालको भुमीलाई विवादीत भुमि भनेको भन्दै आपत्ती जनाए उनले भने‘ कालापानी लिम्पीयाधुरा हाम्रो भुमि हो । धेरै पहिले देखी हामीले थाहाँ पाउँदै आएको कुरा हो, तर प्रदेश मन्त्रीले विवादीत भुमी भने, हामीलाई शंका उब्जीएको छ । सरकारमा बसरेर देशलाई नै विक्रि गर्नत लागेका छैनन्। संघ मन्त्री पनी त्यस्तै भन्छन् । यदी त्यस्तो हो यो कुरा हामीलाई सैह्य हुँदैन् ।

आर्थिक मामिला तथा योजना मन्त्रीले मंगलबारको बैठकमा लिपुलेक र लिम्पीयाधुरा विवादीत भुमि भनेपछि पुर्व मन्त्री तथा प्रदेश सांसद दीर्घ सोडारीले नियमापत्ति गरेका थिए । सोडारीले सार्वभौम भुमिलाई विवादीत भनेको भन्दै सो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरे पछि रेकर्ड बाट हटाइएको थियो ।