Wednesday, 22, September, 2021 info@saipalnews.com

बजेटको आकार १४ खर्ब ७४ करोड, ५८ अर्बले घट्यो

काठमाडौँ १५ जेष्ठ । सरकाले चालू आर्थिक वर्षमा भन्दा आगामी आर्थिक वर्षका लागि ५८ अर्ब बजेट घटाएको छ।आगामी आर्थिक वर्ष २०७७र७८ का लागि अर्थमन्त्री युवराज खतिवडाले १४ खर्ब ७४ अर्ब ६४ करोड संसदमा प्रस्तुत गरेका छन्। चालू आर्थिक वर्षमा १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको बजेट प्रस्तुत भएको थियो।आगामी आर्थिक वर्षका लागि सरकारले चालू खर्च ९ खर्ब ४८ अर्ब ९४ करोड ९६४।४ प्रतिशत० विनियोजन गरेको छ।पुँजीगत खर्च ३ खर्ब ५२ अर्ब ९१ करोड ९२३।९ प्रतिशत० छ भने वित्तिय व्यवस्थापन खर्च १ खर्ब ७२ अर्ब ८९ करोड ९११।७ प्रतिशत० विनियोजन गरिएको छ।