Thursday, 27, January, 2022 info@saipalnews.com

सरकारले सबै सरकारी कर्मचारीको कोरोना बिमा गरिदिने

काठमाडौं १५ जेठ। सरकारले सबै सरकारी कर्मचारीहरुको कोरोना बिमा निःशुल्क गरिदिने भएको छ ।अर्थमन्त्री डा.युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७र७८ का लागि बजेट प्रस्तुत गर्दै सरकारी कर्मचारीहरुको एक लाख रुपैयाँको कोरोना बिमा निःशुल्क गरिदिने जानकारी दिएका हुन् ।

सामान्यतयाः युद्ध र महामारीको बिमा नहुने विश्वव्यापी चलन छ। यद्यपि, बिमा समितिले नयाँ अभ्यास गर्दै नयाँ पोलिसी जारी गरेको थियो । समितिले एक हजार रुपैयाँमा एक लाख रुपैयाँको र पाँच सय रुपैयाँमा ५० हजार रुपैयाँको कोराना बिमा गर्न सकिने व्यवस्था बनाएको छ ।

परिवारकै बिमा गर्ने हो भने एक लाख रुपैयाँको लागि ६ सय रुपैयाँ र ५० हजार रुपैयाँको लागि तीन सय रुपैयाँ रकम तिर्नुपर्नेछ ।बिमाको अवधि एक वर्ष हुनेछ । बिमा गरेका कसैलाई १५ दिनपछि कोरोना पीसीआर परीक्षण पोजिटिभ देखिएको अवस्थामा एक लाखको गरे एक लाख र ५० हजारको गरे ५० हजार रुपैयाँ बिमा दाबी भुक्तानी हुनेछ ।