Thursday, 27, January, 2022 info@saipalnews.com

भुसाल मृत्यु प्रकरणको सत्य तथ्य छानविन गर्न पुर्व मन्त्री सोडारीको माग

 

जेठ १६, धनगढी ।  सुदूरपश्चिम प्रदेशका पुर्व सामाजिक विकास मन्त्री तथा प्रदेश सभा सदस्य दीर्घ सोडारीले एन प्यावसनका केन्द्रीय उपाध्यक्ष कृष्ण प्रसाद भुसालको मृत्युप्रकरणको सत्य तथ्य छानविन गरेर दोषि माथि कडा कारवाही  गर्न माग गरेका छन् । प्रदेश सभाको छैठौं अधिवेशनको चौथो बैठकको शुन्य समयमा बोल्दै पुर्व मन्त्री सोडारीले न्यायको खोजीमा लाखौं मानिसहरु सडकमा आउनु परेको भन्दै तत्तकाल दोषिलाइ कानूनी दायरामा ल्याउन सरकारसंग माग गरे ।

कैलाली निर्वाक्षेत्र नम्बर ४ प्रदेशसभा सदस्य ‘क’ बाट निर्वाचित प्रदेश सभा सदस्य समेत रहेका सोडारीले भने ‘प्रहरी प्रशासनले अनुसन्धान गरीरहेको भनिरहेको छ, तर त्यो अनुसन्धानले पुगेको छैन, उनले अनुसन्धानको दायरा बढाउन माग गर्दै  तत्काल सरकारले छानविन गरेर पिडित परिवारले न्याय पाउनु पर्छ ।’

उनले घट्ना रहस्यमय तरिकाले भएको भन्दै प्रहरी प्रशासनले सत्य तथ्य अनुसन्धान तथा छानविन गर्नु पर्ने बताए । सोडारीले भने, एक इमान्दार शिक्षाविद्को मृत्युले मसुरीया क्षेत्रलाई अपुरणीय क्षति पुगेको छ, घट्नामा संलग्न जस्तोसुकै व्यक्तिलाई कानूनी दायरामा ल्याउनै पर्छ । प्रहरीले अनुसन्धानमा ढिलाई गर्न हुन्न, ।

यस्तै प्रदेश सभा सदस्य मालामति रानाले  पनी भुसाल मृत्यु प्रकरणको सत्यतथ्य छानविन गरेर पिडितलाई न्याय दिनु पर्ने बताईन् ।

निजी विद्यालयको संगठन (एनप्याव्सन) का केन्द्रीय उपाध्यक्ष समेत रहेका भुसाल बैशाख ११ गते राति घोडाघोडी नगरपालिका १० मा मृत अवस्थामा भेटिएका थिए । शिक्षाविद् कृष्ण प्रशाद भुसालको हत्या भएको भन्दै स्थानियले दैनिक प्रदर्शन गरिरहेका छन् ।