Saturday, 18, September, 2021 info@saipalnews.com

बाँकेमा गाडी दुर्घटना, ११ जनाको मृत्यु

 जेठ १९, नेपालगंज । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा गाडी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । २२ जना घाइते भएका छन् ।

भारतबाट मजदुरी गरेर नेपालगञ्ज हुँदै सल्यान जान लागेकाहरु दुर्घटनामा परेका हुन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले फेसबुकमा स्ट्याटस लेख्दै   ‘भारतबाट नेपाल प्रवेश गरेकाहरुलाई लिएर नेपालगञ्जबाट सल्यान जाँदै गरेको फोर्स गाडी राति करिब १२ बजेतिर दुर्घटनामा परेको र  ११ जनाको मृत्यु हुनुका साथै चार–पाँच जनाको अवस्था गम्भीर छ ।’