Thursday, 23, September, 2021 info@saipalnews.com

चलाउनेद्धारा तुर्माखाँद गाउँपालिकालाई आर्थिक सहयोग

कैलाली २० जेष्ठ । युवा व्यावसायी खकेन्द्र चलाउनेले कोरोना रोकथाम तथा न्युनिकरण कोषमा आर्थिक सहयोग गरेका छन् । अछामको तुर्माखाँद गाउँपालिकाको विपत व्यवस्थापन कोषमा १५ हजार ५ सय रकम सहयोग गरेका हुन् । काठमाडौँको थानकोटमा व्यावसाय संचालन गर्दै आएका चलाउने सोही गाउँपालिकाका वडा नम्बर ७ का स्थायी बासिन्दा हुन ।

पि।के ब्रोदर्सका संचालक चलाउनेले पालिकाका अधिकारीलाई रकम हस्तान्तरण गरेको बताए । चलाउने काठमाडौँमा पनि भिभिन्न सामाजिककार्यमा सहभागी रहदै आयका छन । उनले पालिकालाई आफुले सक्ने सम्म सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।