Wednesday, 22, September, 2021 info@saipalnews.com

एमसीसी बिरूद्ध सडकमा उत्रे बाजुराका युवा बिधार्थी

बाजुरा २२ जेठ । एमसीसीका विरूद्वमा बाजुराका युवाहरू सडकमा उत्रिएका छन् । सरकारले एमसीसी नेपालको हितविपरित पारितगर्न खोजेको भन्दै विहिबार बाजुराका युवाहरू विरोध जनाउँदै सडकमा उत्रिएका हुन् । शेरबहादुर रावलको नेतृत्वमा बजार परिक्रमा गर्दै  एमसिसीको विरोधमा उत्रिएका थिए। 

एमसिसी चाँहिदैन् देश वेच्न पाइदैन, नेपाली जनता बरु कोरोना सहन सक्छ एमसिसी सहन सक्दैन् अमेरिकी साम्राज्याद मुर्दावाद जस्ता  नारासहित शान्तिपूर्ण तरिकाले युवाहरु एमसिसीको विरोधमा उत्रिएका थिए । एमसिसीको विरोधमा उत्रिएका बाजुराका युवाहरुले एमसीसी नेपालको हितमा नरहेकोले खारेज गर्न सरकारसँग माग गरेका थिए ।

बिधार्थी नेता रहेका शेर बहादुर रावलले यथास्थितिमा एमसीसी पास गर्ने कुरा स्वीकार गर्न नसकिने बताए ।’ उनले भने जनताको भावना बिपरित सरकार एमसीसी पास गर्ने अभियानमा लागे लाखौ जनता सड्कमा उत्रन बाध्य हुनेछन् । जनता सड्कमा आएपछि सरकारले थेग्न नसक्ने भन्दै उनले सरकारले जनताको भावनाको कदर गर्दै एमसीसी खारेज गर्नु पर्ने बताए ।