Saturday, 18, September, 2021 info@saipalnews.com

अपाङ्ग अशक्तको बाच्ने साहरा बन्यो ! युवा अपाङ्ग संगठन

काठमाडौँ २४ जेठ । युवा अपाङ्ग संगठन नेपालले लकडाउनको सयममा खान बस्नको समस्यामा भएका अपाङ्ग अशक्त र विपन्न परिवारलाई राहत वितरण गर्दै आएको छ ।लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको संगठनले ३ सय ५० जना भन्दा बढिलाई राहत वितरण गरेको छ ।

विहान बेलुक छाक टार्न मुस्किल भएका परिवारलाई विभिन्न मनकारी व्यक्तिको सहयोगमा चामल,दाल,तेल नुन वितरण गरेको संगठनकी सदस्य सविना खड्काले बताउनु भएको छ । विगत १० वर्षदेखि जोरपाटीमा रहेर सामाजिक क्षेत्रमा काम गर्दै आएको संगठनले अपाङ्ग ,अशक्त भएका व्यक्तिलाई आत्मानिर्भर बनाउने उद्देश्यले विभिन्न रोजगार कार्यक्रम समेत चलाउदै आएको छ ।

यस्तै काभ्रेको कानपुर४ घर भइहाल काठमाडौँको चक्रपथमा डेरामा बस्दै आएकी ५६ वर्षीय कान्छी मैनाली १६ वर्षदेखि विरामी मैनालीको हेरचाहा पनि उक्त संस्थाले नै गर्दै आएको छ ।अहिले सो संस्थाको पहलमा मैनालीको गाउँबाट र केही मनकारी दाताबाट सहयोग भइरहेको संगठनकी सदस्य सविना खड्काले जानकारी दिनुभएको छ ।यो संगठनले मैनालीलाई मात्र होइन् अपाङ्ग अशक्त सयौँ परिवारलाई सहयोग गरिरहेको छ ।

पछिल्लो समय खुलेका धेरै संघ संस्थाले काम भन्दा पनि प्रचारबाजी गर्न रुचाएका छन् ।तर युवा अपाङ्ग संस्थान नेपालले भने स्थापन भएको १० वर्षसम्म धेरै अशत्त र अपाङ्ग व्यक्तिलाई बाच्ने साहरा बनेको छ ।भने उनिहरुलाई आत्मानिर्भर बनाउने उद्देश्यले विभिन्न रोजगार कार्यक्रम संचालन गर्दैआएको छ ।

प्रचारबाजी भन्दा पनि सामाजिक कार्यलाई आफनो जिम्मेवारी सम्झेर अशक्त नागरिकलाई सहयोग गर्दै आएको युवा अपाङ्ग संगठन नेपालबाट अरु संघ-संस्थाले पनि समाजप्रति बफादार र जिम्मेवार बन्न आवश्यक छ ।