Thursday, 13, August, 2020 info@saipalnews.com

संखुवासभाका अत्तिविपन्न परिवारलाई शेर्पा परिवारद्धारा ६० लाखको राहत वितरण

काठमाडौँ २५ जेठ ।कोरोनाबाट विश्वनै आक्रणत भइरहेको वेला सेभेन समिट ट्रेक्स्  प्रालिले काठमाडौँमा अलपत्र परेका र खान बस्न समस्या भएको र्शेपा परिवारलाई राहत वितरण गरेको छ । काठमाण्डौँ ललितपुर र भक्तापुर बस्नु हुने संखुवासभावासीअपङ्गा,असक्ता व्यक्तिहरू र ज्यालादारी तथा अन्य १२०० परिवारलाई राहत सामग्री तथा केहि रकम सहयोग गरेको सेभेन समिट ट्रेक्स् प्रालिका अध्यक्ष मिङमा शेर्पाले जानकारी दिनुभएको छ ।

राहत वितरण अभियानको २९औँ दिनसम्म आइपुग्दा सेभेन समिट टीम्ले संखुवासभाका मात्र नभइ कलडाउनका कारण समस्यामा परेको अन्य जिल्लावासीलाई समेत सहयोग गरेको छ । साथै पढ्नको लागि काठमाडौँ आएका विद्यार्थी,आरोही,पर्यटन मजदूरहरुका ३ सय ६० परिवारलाई राहत सामग्री घर घरमै पुर्याईदिएको सेभेन समिट ट्रेक्स्  प्रालिका प्रबन्ध निर्देशक टासी लाक्पा शेर्पा बताउनु भएको छ ।

शेर्प परिवारले काठमाडौमा मात्र नभइ संखुवासभा जिल्लामा पनि विभिन्न नगर तथा गाउँपालिकामा पनि राहत सामग्री सहयोग गर्दै आएको निर्देशक छाङ दावा शेर्प र पासङ फुर्ब शेर्पाले जानकारी दिनुभएको छ । टासीले आफ्नो समाजिक संजल फ़ेसबुक मार्फत जानकारी गराउदै लेखेका छन यसरी सहयोग गर्नु पाएकोमा सेभेन समिट परिवार अतिनै खुसी छु र राहत वितरणमा सहयोग गर्नु हुने सम्पूर्ण सहयोगी साथीहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । र आजै  समस्यमा परेकाहरूलाई आवश्यकता अनुसर फेरि पुन राहत सामग्री उपलब्ध गराउने प्रतिवद्धता जनाउदै सबैलाई सुरक्षित बस्न आग्रह गर्नुभएको छ ।

३ जना भन्दा कम परिवार संख्यालाई २५ केजी चामल र पाँच सय रुपैया तथा ४ जना भन्दा माथिको परिवार संख्या हुनेलाई २५ केजी चामल  र  एक हजार रुपैँया सहयोग गर्दै आएको छ । टासी लाक्पा शेर्पा सगरमाथा आरोही तथा युवा पर्यटन व्यवसाय १९ वर्षको उमेरमा वीना अक्सिजन सगरमाथा आरोहण गर्ने विश्वकै कान्छो आरोही समेत हुन्। सेभेन समिट ट्रेक्स् प्रालिका अध्यक्ष मिङमा शेर्पा मिङ्मा शेर्पा र छाङ दावा शेर्पा ८,००० मिटर भन्दा माथिको १४ ओटै हिमाल सफल आरोहण गर्ने विश्वकै पहिलो दाजुभाइ कीर्तिमानी आरोही  बनेका हुन।