Thursday, 27, January, 2022 info@saipalnews.com

मानिसको मृत्युपछी मात्रै कोरोना पुष्टि हुनुपर्ने अवस्था किन आयो:पूर्वमन्त्री सोडारी

धनगढी २५ जेठ । सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकास मन्त्री दीर्घ सोडारीले मानिसको मृत्यु पश्चात मात्रै कोरोना पुष्टि हुनु पर्ने अवस्था किन आयो भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । मानिसको मृत्यु भएर दाहासंस्कार गरिसकेपछि कोरोनाको परिक्षण गरिएको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भएको हो ।

नेता सोडारीले भने –सेतिप्रादेशीक अस्पतालमा डाइलोसीसमा रहेकी महिलाको दाहासंस्कारपछि मात्रै कोरोना रिपोर्ट पोजेटिभ देखियो हामी कस्तो देशमा छौं ।हामी यस्तो देशका नागरिक भयौं कि,जीवित हुँदा स्वांव परिक्षण हुँदैन,मृत्यु पश्चात मात्रै परिक्षण हुन्छ। दैनिक परिक्षण परिक्षण भनिरहेका छौं । तर किन परिक्षण गर्न चुकिरहेका छौ। हजारौं मानिसहरु क्वारेन्टाइनमा छन् ।

सोडारीले परिक्षणको दायरा नबढाय कोरोनाले भयावह रुप लिने भन्दै प्रदेशका सबै जिल्लामा पिसीआर मेसिन राखेर दु्रत गतिमा स्वांव परिक्षण गर्नु पर्ने बताए । उनले ‘हाम्रा कोरोना परिक्षण गर्ने मेसिन किन थन्किए। प्रदेशमा एक मात्र मेसिन छ। प्रदेश सरकार किन मेसिन खरिद गर्न सक्दैन्। क्वारेन्टाइनको व्यवस्थापनमा खटेका जनप्रतिनिधिलाई समेत कोरोनाको संक्रमण देखिएको भन्दै सोडारीले परिक्षण तीब्र गतिमा गर्नु पर्ने माग गरेका छन् ।