Thursday, 27, January, 2022 info@saipalnews.com

पहिलो पटक रोल्पाका ३ जनामा कोरोना पुष्टि

रोल्पा २६ जेठ ।  पहिलो पटक कोरोना संक्रमण देखिएको छ । बाँकेको भेरी अस्पतालमा गरिएको परीक्षणमा २ जना र दाङ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १ जना गरि जम्मा ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । अस्पतालले सुनिलस्मृति गाँउपालिका वडा नम्बर ५ मा २ जना र ६ नं वडामा १ जनामा कोरोना संक्रमणको पुष्टि भएको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरकी प्रमुख डा.प्रकृति भट्टराईले जानकारी दिनुएको छ ।

उहाँका अनुसार वडा नं ५ का क्रमशः २० र २७ वर्ष र ६ नं वडामा २२ वर्षको पुरुषमा कोरोना संक्रमण देखिएको छ । उनीहरु तीनै जना भारतबाट आएका हुन् । यसअघि ५ नं प्रदेशको अन्य ११ जिल्लामा देखिए पनि रोल्पामा भने कोरोना संक्रमण देखिएको थिएन ।