Saturday, 18, September, 2021 info@saipalnews.com

बयालपाटा घटनाबारे भीम रावलले यस्तो भने…….

अछाम २६ जेठ । एक व्यक्तिले जागिरबाट निकालेको भन्दै पेट्रोल छर्केर आत्महत्याको प्रयास गरेका छन् । न्याय हेल्थ नेपालद्वारा संचालित बयालपाटा अस्पतालमा कार्यरत साफेबगर नगरपालिका वडा नम्बर ६ का २७ वर्षीय सिद्धार्थ आहुजीले सोमवार विहान अस्पताल परिसरमा पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएका हुन् । यस घटनामा नेकपाका नेता भीम रावलले दुख व्यक्त गरेका छन् । भने भने नेता रावलले यस्तो लेखेका छन् । मृतक आउजीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।

बयालपाटा अस्पतालमा डेढ वर्षदेखि सरसफाईको काम गर्दै आउनु भएका सिद्धार्थ आउजी लगायत केही अन्य कर्मचारीलाई अस्पताल प्रशासनले अवकाश दिनथालेको भन्ने कुरा थाहा पाउना साथ झण्डै एक महिना अगाडि मैले कोरोना माहामारीको संकटको समयमा त्यसो नगर्न अस्पताल प्रशासनलाई विशेष आग्रह गरेको थिए ।

अस्पतालका सम्बन्धित व्यक्तिहरुले सरोकारवालासबैसंग छलफल नगरी स्पष्ट मापदण्ड नबनाई कसैलाई अवकाश नदिइने कुरा गर्नुभएको थियो । तर पुनःत्यस्तो प्रक्रिया अगाडि बढाइन थालेको भन्ने सुनिएपछि  करिव दुई हप्ता अघि मैले अस्पताल प्रशासनका जिम्मेवार व्यक्तिहरुलाई अहिलेको विषम परिस्थितिमा कर्मचारीहरुलाई अवकाश नदिन र रकमको समस्या भए नेपाल सरकार तथा स्थानीय तहसंग कुरा गरेर समाधान खोज्न आफ्नो तर्फबाट सहयोग हुने कुरा गरेको थिए ।

तत्पश्चात् जिल्ला समन्वय समितिका प्रमुख, साँफेबगर नगरपालिकाका प्रमुख, प्रमुख जिल्ला अधिकारी तथा राजनीतिक दलका प्रतिनिधिहरुले वयालपाटा अस्पतालमा सम्बन्धित व्यक्तिहरुसंग बैठक गरी कर्मचारीहरुलाई अवकाश नदिन र आवश्यक रकमको लागि सबैले पहल गर्ने निर्णयसमेत भएको थियो ।यति गर्दा पनि अवकाशको निर्णय फिर्ता गरिएन् । एकजना युवाको आत्मदाह जस्तो अत्यन्त हृदयविदारक घटना घट्यो।

आत्मदाह गरेको खवर सुन्नासाथ विहानै प्रमुख जिल्ला अधिकारी तथा सुदूरपश्चिम प्रेदशका सामाजिक विकास मन्त्रीसंग समन्वय गरेर सिद्धार्थ आउजीलाई बचाउन हेलिकप्टरबाट कोहलपुर अस्पताल, नेपालगञ्ज पु¥याउने काममा सहयोग गरेको थिए । तर उहाँ बाँच्नु भएन ।

आर्थिक स्थिति अत्यन्त कमजोर भएका सिद्धार्थ आउजीका श्रीमती गौरी आउजी र  ६ वर्षको छोरा र १० महिनाकी छोरी छन् । उहाँहरुलाई तुरुन्त राहत उपलब्ध गराइनुपर्छ र श्रीमती गौरी आउजीलाई रोजगारीको व्यवस्था गरिनुपर्छ । यस्ता घटनाहरु आगामी दिनमा घट्ने वातावरण नबनोस् भन्नेतर्फ सचेत रहन सम्बन्धित सबैलाई आग्रह गर्दछु ।