Wednesday, 22, September, 2021 info@saipalnews.com

कैलाली कारागार प्रशासनकै संरक्षणमा अबैध कारोवार

धनगढी १ असार । कैलाली कारागार भित्र लुटको धन्दा व्याप्त रहेको खुलेको छ । कारागार क्षेत्रमा रहेको राज्यको नियमनकारी निकायका प्रतिनिधिको संरक्षणमा अन्य कैदी बन्दीलाई अत्यावश्यक सामाग्रीहरुमा लुट्ने देखी खानामा सोडा लगाएतका बस्तु हालेर स्वास्थ्य माथि समस्या पार्ने गरेको खुलेको हो । कैलाली कारागार श्रोतका अनूसार राज्यका संयन्त्रका प्रतिनिधिहरुले आर्थिक संकलन गर्न गैरकानूनी धन्दाको व्यापार गरीरहेका छन् । जेलर, प्रहरी र प्रशासानको मिलेमतोमा चरेश, ब्राउन सुगर मदीरा लगाएतका अवैध बस्तुहरुको कारागार भित्र कारोबार भैरहेको नाम नराख्ने सर्तमा एक कैदी बन्दीले जानकारी दिए ।

जेल भित्र कुख्यात अपराध गर्न सक्ने व्यक्तिहरुलाई कारागार प्रशासनले प्रोत्साहन गरेर अन्य कैदीलाई दुख दिने कार्य भएको श्रोतले बताएको छ । कारागार प्रशासनले गैरकानूनी धन्दा गर्न बाहिरी आउटर देखी चौकीदार राख्ने गरेको छ । ति आउटर र  चौकीदार जेल भित्र अन्य कैदी बाट बढी भन्दा बढी पैसा असुल्ने,अरुलाई दुख दिने कुख्यात अपराधीलाई राख्ने गरेको आरोप प्रशासन लाइ छ ।

कर्तव्य ज्यान मुद्धामा १० बर्ष जेल भुक्तान गर्नु पर्ने कृष्ण तिवारी कारागार प्रशासनले कैदी बन्दी आर्थिक चलखेल अवैध कारोवार गर्न सक्ने भन्दै आउटर बनाएको छ । श्रोतका अनुसार उनैको सेटीङमा प्रशासन, प्रहरी र जेलर कहाँ मोटो रकम बुझ्ने गरीएको छ । कारागार प्रशासनको प्रत्यक्ष संरक्षणमा तिवारी संगै उनका सहयोगी भारतीय नागरीक दिपेश गुप्ता, अनिल सिंह, योगेश चन्द, गगन ठुल्ला, सरोज भट्टले अनेक अपराध गर्ने गरेको श्रोतले बताएको छ । जेलर महेन्द्र सिंह खड्का दुई पछि पुनः कैलाली कारागार आएर पुरानै हर्कत गरीरहेको श्रोतले बताएको छ ।

कारागार प्रशासनको मिलेमतोम केही महिना अघि अपहरणको मुद्धाका कैदी रोहीत पाविल अग्रवालले कारागार भित्रै जुवातास, गाँजा चरेश, मदिरा विक्रि गर्ने गरेको भिडियो सार्वजनिक भएपछि जेलर महेन्द्र सिंह खड्को सरुवा र अग्रवाल लाई डडेल्धुरा कारागारमा स्थानान्तरण गरीएको थियो  । अग्रवालकै जस्तो हर्कत गरीरहेका उनका सहयोगी कारागार भित्र व्यापार गर्ने योगेश चन्दले समेत अहिले कारागारभित्रै जुवातास खेलाउने, रक्सी बिक्रि बितरण गर्ने चरेश तथा ब्राउन सुगर बिक्री बितरण गर्ने जस्ता काममा जेलका नाईके तथा चौकिदारकै मिलेमतो भएको पाईएको छ ।

डडेल्धुरा स्थानान्तरण गरीएका रोहीत अग्रवालकै निर्देशनमा कारागार प्रशासनलाइ मोटो रकम बुझाउन सक्ने भन्दै कारागार भित्र अपराधिक क्रियाकलाप योगेश चन्दलाई चौकीदार तथा आउटर बनाउन लागेको श्रोतले बताएको छ ।  पौष ८ गते कैलाली जिल्ला कारागारभित्रै आपराधिक गतिविधि संलग्न भन्दै कारागारबाट जेलर कैदीका नाईके र सुरक्षाकर्मी सहित ८ जना कैदीबन्दिहरुलाई स्थानान्तरण गरिएको थियो ।

लागुऔषध बेचबिखन मुद्धामा सजाय भोगिरहेका विर्ख कार्की, डाँका चोरी मुद्धामा सजाय भोगीरहेका विष्णु कुँवर त्यस्तै कर्तज्य ज्यान मुद्धामा सजाय भोगीरहेका सन्दिप रावल, सागर पाण्डे, देव विष्ट र गोदु मलिक र विवादको प्रमुख पात्रको रुपमा रहेका रोहित पालिवाल अग्रवाललाई सजायका साथ डडेल्धुरा सरुवा गरीएको थियो । जेलर महेन्द्र सिंह खड्काले त्यस्ता गतिविधि आफुलाई थाहा नभएको बताए । उनले  यस्ता गतिविधि गर्न नदिएको बताए । उनले कारागार भित्र सुरक्षा व्यवस्था कडा छ । कुनै कैदीले दुख पाएको छैन् ।