Thursday, 27, January, 2022 info@saipalnews.com

सांसद झपट रावलद्धारा लम्की क्वारेन्टाइन घटनामा सरकारको ध्यानाकर्षण

नेकपाका नेता तथा कैलाली क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य झपटबहादुर रावलले यहि जेष्ठ ३१ गते लम्कीचुहा नगरपालिका वडा १ स्थित सहिद स्मृती माविमा क्वारेन्टाइनमा बसेकी महिलामाथी सामुहिक बलात्कार भएको घटनाप्रती गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ । सांसद रावलद्वारा जारी बिज्ञप्तीमा क्वारेन्टाइनमा घटेको उक्त घटनाको निस्पक्ष छानबिन गरि दोषीलाइ हदैसम्मको कारबाही र पीडितलाइ कानुन बमोजिम क्षतिपुर्ती दिलाउन सरोकार निकायको ध्यानाकर्षण गरिएको छ ।

अपराध आफैमा गैरकानुनी कार्य भएको हुदा कुनैपनी आवरणमा क्षम्य हुन नसक्ने भन्दै अपराधीलाइ कारबाही र पिडितलाइ न्यायको लागि सम्बन्धित सबैको चासो र सरोकार हुन अपरिहार्य रहेको बिज्ञप्तीमा भनिएको छ ।

बिज्ञप्तीमा येसै घटनालाइ लिएर लम्किचुहा नगरपालिका१नम्बर वडा कार्यालयमा तोडफोड गरि विभिन्न ब्यक्तीहरुलाइ घाइते बनाउने ,कोभिड १९ पोजिटिभ देखिएका ब्यक्तीहरुलाइ केवारेन्टाइन बाहिर निकाली जुलुस गर्न लगाउने कार्य निन्दनिय रहेको भन्दै सार्बजनिक सम्पत्तीको संरक्षण गर्नु प्रत्येक नागरीकको कर्तब्य रहेको हुदा सार्बजनिक सम्पतीको टोडफोड गर्ने जोकसैलाइ कानुनी दायरामा ल्याइ कारबाही गर्न सरकार समक्ष  ध्यान आकर्षण  गरिएको छ ।