Wednesday, 22, September, 2021 info@saipalnews.com

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीका नेताबीच आज भर्चुअल गोष्ठि

काठमाडौं ५ असार । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्टिय विभाग र सत्तारूढ दल नेकपाको स्कुल विभागको आयोजनामा दुई देशका कम्युनिस्ट पार्टीका बीचमा भर्चुअल कार्याशाला गोष्ठि आयोजना हुँदैछ । शुक्रबार दिउँसो कार्यशाला हुन लागेको नेकपा स्कुल विभागले जानकारी दिएको छ। गत वर्ष असोजमा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको पूर्वसन्ध्यामा पनि काठमाडौंको याक एण्ड यति होटेलमा दुई देशका कम्युनिस्ट पार्टीका बीचमा प्रशिक्षण चलेको थियो।

नेपाली समयअनुसार, दिउँसो पौने २ बजे यो अन्तरक्रिया शुरु हुने भनिएको छ । त्यसमा नेपालाबाट करिब एक सय जना सहभागी हुने स्कुल विभागका उपप्रमुख तथा स्थायी समिति सदस्य वेदुराम भुषालले अन्नपूर्णलाई जानकारी दिए। पार्टी र देशलाई परिचालन गर्ने अनुभव आदान(प्रदान गर्न चीन र नेपालका सत्तारुढ पार्टीका उच्च पदाधिकारीबीच यो अन्तर्क्रिया हुन लागेको भुषालले बताए।

अन्तर्क्रिया बेइजिङस्थित चिनियाँ कम्युनिस्ट पार्टी, अन्तर्राष्ट्रिय विभागका नेताहरूले नेपालका कम्युनिस्ट नेताहरूलाई आफ्ना अनुभव प्रस्तुत गर्नुका साथै सुशासनका लागि पार्टीको अनुशासन, भ्रष्टाचारविरूद्धको शून्य सहनशीलता, समसामयिक विश्व परिस्थितिलगायतका विषयमा प्रशिक्षण दिनेछन् ।

यो भर्चुअल अन्तर्क्रियामा सहभागी हुनका लागि नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीको हलमा ठूलो पर्दा राखिएको छ । नेकपाका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल, स्कुल विभागका प्रमुख तथा उपप्रधानमन्त्री इश्वर पाखेरेल लगायतका नेताहरु सहभागी हुनेछन्।

त्यस्तै सात ओटै प्रदेशका नेताहरु पनि उक्त भर्चुअल अन्तर्क्रियामा सहभागी हुनेछन् । उनीहरुलाई भने प्रदेश स्तरमै सामूहकि रुपमा केन्द्रीय कार्यालयकै जस्तो गरी स्क्रिन राखेर व्वस्थापन गरिएको स्कुल विभागका उपप्रमुख भुषालले जानकारी दिए। साभार अन्नपुर्णपोष्ट । गत वर्षको असोजमा चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्टिय विभाग प्रमुख साङ ताओ नेतृत्वको टोली काठमाडौं आएको थियो। आजको कार्यशालामा पनि वेइजिडबाट ताओ टोली नै सहभागी हुनेछन्।सहभागी हरूलाई दिउँसो १:३० बजे धुम्बराही आइपुग्न भनिएको छ।