Thursday, 23, September, 2021 info@saipalnews.com

कारागार भित्र अपराधिक क्रियाकलाप गर्ने कैदीलाई चौकीदार बनाइदै

कैलाली ७ असार । कारागार भित्र अपराधिक क्रियाकलाप गर्ने कैदी वन्दीलाई आउटर तथा चौकीदार बनाउन लागेको रहस्य खुलेको छ । जिल्ला प्रशासन कार्यालय कैलाली र कारागारका जेलर महेन्द्र सिंह खड्काले आर्थिक प्रलोभनमा परेर नाइके बनाउन लागेको खुलेको हो ।कारागार भित्र अवैध व्यापार गर्दै आएका योगेश चन्द लाई चौकीदार तथा आउटर बनाउन लागेको श्रोतले बताएको छ ।

श्रोतका अनुसार चन्दले कारागार भित्र व्यापार गरी रहेका छन् । कारागार भित्रै जुवातास खेलाउने, रक्सी बिक्रि बितरण गर्ने चरेश तथा ब्राउन सुगर बिक्री बितरण गर्ने जस्ता काममा सक्रिय छन् ।

कैदी बन्दीहरु बाट मोटो रकम असुल्न सक्ने र अवैध कारोवार गर्न सक्ने भन्दै चन्दलाई कैदीको नाईके बनाउन लागेको एक कैदी वन्दीले बताए । यस अघि कारागार भित्र अवैध कारोवार गरेको भन्दै डडेल्धुरा कारागार स्थानान्तरण गरीएका रोहीत अग्रवालकै निर्देशनमा कारागार प्रशासनलाइ मोटो रकम बुझाउन सक्ने भन्दै कारागार भित्र अपराधिक क्रियाकलाप गर्ने योगेश चन्दलाई चौकीदार तथा आउटर बनाउन लागेको अन्य कैदीहरु त्रसित भएको  श्रोतले बताएको छ ।

पौष ८ गते कैलाली जिल्ला कारागारभित्रै आपराधिक गतिविधि संलग्न भन्दै कारागारबाट जेलर महेन्द्र सिंह खड्काको सरुवा र कैदीका नाईके र सुरक्षाकर्मी सहित ८ जना कैदीबन्दिहरुलाई स्थानान्तरण गरिएको थियो । यता जेलर खड्काले योग्यता पुगेको व्यक्तिलाई मात्र चौकीदार बनाउने बताए । उनले कारागारको नियम अनुसारनै बनाईने बताए ।