Wednesday, 22, September, 2021 info@saipalnews.com

कठिन यात्रा

कठिन यात्रा

चढिन्छ उकाली थाक्दैन्न् खुट्टा।

फाटुन एकजोर  बलियो  जुत्ता।

थाप्लोमा नाम्लो बोक्दा भारी।

कामले  गर्दा  हुर्केछन्  दारी ।

सघाइदिने कोहि छैनन् मेरा।

साहुले बस्न  देकाछन् डेरा।

कोदाको आटो खाएर सुत्छु।

छकालै भाले नबास्दै उठ्छु।

कसरी चल्छ सुखको यात्रा ।

यस्तो मेरो  कठिन  यात्रा।