Thursday, 23, September, 2021 info@saipalnews.com

ए सुकिला मुकिला पोसाक लगाउनेहरु हो

ए सुकिला मुकिला पोसाकमा सजिदै चिल्ला गाडीमा सवार गर्नेहरु हो।

ए जनतालाई झुटो विश्वास वाडेर संसद भवन लस्कर लागेर हिडनेहरु हो।

ए अधिकार र कानुनको पालना गर्न प्रतिवद्ध छौ,भनेर कसम खानेहरु हो।

ए एक एक दशकमा व्यवस्था परिवर्तनको मुल फुटाएका छौँ भन्नेहरु हो।

ए राष्ट्रमा जस्तोसुकै विपत्ति,संकट आइपर्दा चुपचाप सहने सन्त नागरिकहरु हो।

ए सार्वर्भौमसत्ता मूलुकलाई पनि  प्रयोगशाला बनाउन सघाउने

राजनेता भनाउदाहरु हो।

ए कहाँ छो,उठ जाग राष्ट्रको लागि लड्ने रवी,रमेश,दिपेन्द्र लगायत सम्पुर्ण देशप्रेमीहरुहो।

ए देखेनौ चोट छन,नेपाल आमाको शरीरभरी,कालापानी,सुस्ता,ठोरी लगाएत अन्य ठाउहरुमा।

ए तिमीहरूको घैटोमा कहिले घाम लाग्छ,सात कित्ता पारेर भाइ अंश लिएर जानेहरुहो।

ए यहाँ आमा अस्वस्थ्य छिन,भाइरस लाग्यो,कोरोना कोही छौँ,चित्तकार सुन्ने हो।

ए सक्छौ तिमीले उपचार गर्न,बनाउ आमालाई स्वस्थ,छोड अनियमितता गर्न,जाग राष्ट्रिय एकतामा, जागराष्ट्रिय एकतामा।

विवेक भूषण दहाल 

तामाकोसी ४ दोलख