Wednesday, 22, September, 2021 info@saipalnews.com

कैलालीका ९ सय ४९ परिवारका खरका छाना फेरिदै

कैलाली १५ असार । जनता आवास कार्यक्रम अन्र्तगत कैलालीको क्षेत्र नम्बर २ का ९ सय ४९ परिवारका खरका छाना फेरिने भएका छन् । खर र फुसले छाएका ४ स्थानीय तहका ९ सय ४९ परिवारका लागि पहिलो चरणमा छाना छाउन बजेट समेत विनियोजन गरिसकेको छ । तीन वर्ष भित्र देशभरका सबै खर र फुसका छानाहरु विस्थापित गर्ने नीति अनुसार कैलाली क्षेत्र नम्बर २ मा आगामी आर्थिक वर्षका लागि ९ सय ४९ घर परेका छन् ।

स्थानीय तहको सिफारिस तथा क्षेज्ञ नम्बर २ का सांसद झपट रावलको पहलमा छनोटमा परेकाप्रति घरलाई ५० हजारका दरले बजेट विनियोज गरेको सांसद रावलका स्वकीय सचिव दिनेश चौलागाईले जानकारी गराएको छ ।जस अन्तर्गत लम्किचुहामा ३ सय २, मोहन्यालमा ३ सय ३८, बर्दगोरियामा १ सय ५६ र जानकी गाउँ पालिकाका ४ वडामा १ सय५३ टिनका छाना छाउन मिल्ने भएको छ ।

वर्षैदेखि खर र फुसको छानामुनि जीविका चलाएका स्थानीयहरु अब टिनले छाएको छाना पाउने भएपछि खुशी भएका छन् । भने उनीहरुको टिनले छाएका छानामा बस्ने सपना समेत पुरा हुने भएको छ ।