Thursday, 27, January, 2022 info@saipalnews.com

प्रेम आलेको धम्की टाउको तल गर म को हुँ चिन्छस्

कैलाली २३ असार । नेपाल सरकारले वर्षेनी अर्बौको काठ अन्यमुलुकबाट आयात हुने अवस्थामा देश भित्रैको काठ सदुपयोग गर्ने नीति तथा कार्यक्रम सञ्चालन गरीरहेको छ । सरकारले आफु संग भएको काठ लाई वैज्ञानिक विधिबाट सदुपयोग गर्ने लक्ष्य लिएका बेला देश भर वैज्ञानिक वनको व्यापक चर्चा परिचर्चा भैरहेको छ ।

त्यसै क्रममा वैज्ञानिक वनको नाममा व्यापक फडानी भएको भन्दै सरकारले  छानविन उपसमिति बनायो । तर संघिय सकारले यस्तो व्यक्ति लाई सदस्य बनायो कि जुन व्यक्तीनै काठको तस्करी गर्छन । त्यही पृष्ठभुमि बाट अकुत सम्पत्ती आर्जन गरेका छन ।  ति व्यक्तिहुन डोटीबाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद प्रेम आले ।

सरकार परिवर्तन हुन वित्तिकै बन मन्त्री बन्न लागेको समाचार लेखाउन लगाउन सांसद आले  छानविन समितिका संयोजक प्रदिप यादव सहित मंगलबार कैलाली पुगे । आले आफु मात्र आएनन् मानौकी कुनै ठुलै युद्ध लड्न जादै छु भने झै गरी सामुदायिक बनहरुमा अनुगमन तिर लागे । रोचक कुरा के छ भने कैलाली लम्की पुग्दा उनले ठुलै दलबल , गाडीको लावा लस्कर र गुण्डाको झुण्ड बोकेर बन समितिका अध्यक्षलाई हप्काउन थाले । लम्कीका विभिन्न बनहरु हेर्दै उनी महोन्याल गाउँपालिका वडा नम्बर ३ फलेविसौना पुगे उनले आफ्नो पुरानै शैली दोहो¥याए । जनकल्याण सामुदायिक वनका अध्यक्ष जनक गिरीलाई झपार्नु झपारे । यति सम्म भन्न भ्याएकी आफ्नो सांसदको गरीमाको समेत खिल्ली उडाय । हामी लाई प्राप्त भिडियोमा उनले अध्यक्ष गिरीलाइ म को हुँ, चिन्छस । के मुखमा के हेरेको टाउको तल गर । त साले बढ्ता कुरा गर्छस् । हामी माननीय हुँ मेरो मुखमा हेर्र कुरा गर्ने त को होस् । तेरो बनमा कुन ठेकेदारको लगानी छ भन, ।

आफ्ना गुटका कार्यक्रता दलबल सहित बनमा पुगेका आले नेपाल सरकारको नीति तथा कार्यक्रमको कार्ययोजना अनुसार कटान गरीएका काठका गोलीया देखेपछि आफ्नो विगत सम्झीय की पैसा यहि ठाउँबाट झार्न सकिन्छ ।

श्रोतका अनुसार बन फडानी बारे छानविन गर्न आएका होइनन् । बनका पदाधिकारी लाई त्रसित गरेर मोटो रकम हात पार्न आएका हुन । उनको मंगलबारको शैलीले त्यो कुरा पुष्टी गरेको छ । छानविन गर्न आएका आले बनका कर्मचारी र सामुदायिक बनका पदाधिकारीले हप्काउन हप्काए । नाम नभन्ने सर्तमा एक कर्मचारीले भने–मेरा मान्छेको फाईल फालेर अरुलाई ठेक्का दिने । तिमिहरु सबैलाई देखाइदिन्छु । दुइ तिहाइको सरकार छ , म को हुँ चिन्छस् । शक्तिशाली प्रधानमन्त्री केपी शर्मा ओलीको खास मान्छे, ।  आलेको हप्काइले कर्मचारी र बनका पदाधिकारीहरुले अहिले त्रसित छन । उनीहरुले आफू असुरक्षित भएको बताइरहेका छन् ।

प्रेम आले लाई बेला बेला वन तस्करको आरोप लागी रहन्छ ।  वन प्राविधिकहरुले पुष्टि गरिसकेको र विश्वका धेरै देश जस्तै नेपालले पनि वैज्ञानिक वन मार्फत दिगो वन व्यवस्थापन र समग्रमा देशको जीडीपीमा टेवा पुर्याउने आकलन गरि लागु गरेको कार्यक्रममा उनको भुमिका संकास्पद देखीएको छ । यस परिपेक्षमा आफ्नो निहित स्वार्थ पुर्ति नहुने र भने जति र सबै ठाउबाट काठ काट्न नमिल्ने, प्राविधिकरूपमा आकलन गरिसकेपछिमात्र रूख कटान हुने भएपछि तस्कर व्यापार नै डामाडोल हुने देखेर चारकोष उफ्रिदै वैज्ञानिक वनको विरोध गर्नु कुनै आश्चर्य जनक कुरो नभएको बन विज्ञहरु बताउछन् ।

तर आले जस्ता वन माफिया नेता नै संसदीय उपसमितीमा पर्नुले शंका पैदा गरेको र सो शंकाको पुष्टि प्रेम आलेले आफुलाई प्रधानमन्त्रीको ओलीको विश्वासिलो पात्र भन्दै, यो विषय सल्टाउन पैसा असुली गर्दै वनकर्मी र ब्याबसाय संग वार्गेनिं र धम्कि गरेको कुरा बाट प्रष्ट हुन्छ । राजनैतिक आडमा आफै चोर अनि आफै चाबि लिने प्रवृतिले कसरि वन विकास होला। यो विषय गम्भिर छ ।

तर आलेलाई  समितिको सदस्य बनाएर छानविन आउँदाका दृश्य र उनको हैकम बादी शैलीले चोरका हातमा चाबी दिएर रत्नकार डाकुलाई बाल्मिकी बनाउने अवसरका रुपमा लिन खोजेको  आरोप लागेको छ ।

आलेलाई जग्गा दलालको आरोप लाग्ने गरेको छ । आलले प्रधानमन्त्री ओलीको बलमा विदेश बाट आयत हुने काठलाई प्रोत्साहन गरीरहेको श्रोतको दावी छ । उनले मलेशीया लगाएतका देशहरु बाट नेपाल काठ भित्रयाउने दलालहरुको प्रलोभनमा नेपाल बाट उत्पादन हुने काठ रोक्ने प्रक्रियामा लागेको रहस्य खुलेको छ । आलेले विदेशी दलाल बाट मोटो रकम बुझेर नेपालका बैज्ञानिक बन व्यवस्थापन लाई नीति तथा कार्यक्रम बाट हटाउन समेत चलखेलमा लागको बताइएको छ ।

झण्डै दशक देखी डोटी जील्लामा भएका सल्लाहरू को अवैध तस्करी गरेर, काठमाडौमा महल खडा गरेका तस्कर प्रेम आले नै यस्तो समितीमा राख्दा कस्तो परिणाम आउला यो शंकाको विषय बनेको छ । तत्कालिन समयमा प्रत्यक्ष संलग्न रहेको र हाल आफ्नो छोटा तस्करहरुबाट संचालन गराई रहेको वन माफिया आले लाई नै समितिमा सरकारको नीति विपरीत भएको  प्रष्ट छ । पद र पावरको बलमा प्रक्षपोषण गरी वन माफीयालाई संरक्षण दिई अकुत सम्पत्ति कमाएको व्यक्ति नै छानविन समितीमा पर्नुले समिती नै शंकास्पद हुन आएको छ । यो  समितीको प्रतिवेदन गलत र प्रायोजीत आउने श्रोतको दावि छ ।