Thursday, 23, September, 2021 info@saipalnews.com

अछाममा एक महिलाले जन्माइन आइसोलेसन कक्षमै शिशु

अछाम २६ असार । अछाममा कोरोना संक्रमित महिलाले आइसोलेसन कक्षमै शिशु जन्माएकी छन् । मेल्लेख गाउँपालिका ४ कुष्कोट निवासी २५ वर्षीया महिलाले उपचारको क्रममा जिल्ला अस्पतालको आइसोलेसनमा बिहीबार शिशुलाई जन्म दिएकी हुन् ।

सुत्केरी भएकी ती महिलाका श्रीमान् समेत संक्रमित भएर उपचारका क्रममा सोही अस्पतालको आइसोलेसन कक्षमा उपचारत छन्।  सामान्य तरिकाबाट बच्चालाई जन्म दिएकी महिला र शिशुको स्वास्थ्य अवस्था सामान्य रहेपनि आमा र शिशुमा कडा निगरानी गरिएको बताइएको छ ।

शिशु र आमाको दुवैको अवस्था अहिलेसम्म सामान्य रहेको स्वास्थ कार्यालय अछामका प्रमुख झनक ढुंगानाले बताए । कोरोना संक्रमित पति पत्नीलाई असार ४ गतेबाट अछाम अस्पतालको आइसोलेसन कक्षमा  उपचार भइरहेको छ ।

भारतबाट आएका दुवै श्रीमान श्रीमती वडाकै क्वारेन्टाइनमा बसेपछि थ्रोट स्वाब परीक्षणका क्रममा कोरोना पुष्टि  भएको थियो ।  जिल्लामा अहिलेसम्म ४ जनाले क्वारेन्टाइन र एकजनाले आइसोलेसनमा शिशुलाई जन्म दिएको अस्पतालका सूचना अधिकारी देव जोशीले जानकारी दिए ।