Saturday, 18, September, 2021 info@saipalnews.com

बुढिगंगा नदी थुनिदै अछाम र बाजुराका दर्जनौ बस्ती डुबानमा पर्ने खतरा

बाजुराको बुढिगंगा नगरपालिका र त्रिबेणी नगरपालिका हुँदै बग्ने बुढिगंगा नदीमा निरन्तर पहिरो खस्न थालेपछि नदी थुनिने खतरा बढे्को छ । यसबाट बाजुरा र अछामका दर्जनौ बस्ती बाढीको खतरामा छन् । बाजुराको बूढीगंगा नगरपालिकाको अम्कोट र त्रिवेणी नगरपालिकाको वडा नम्बर ९ पैंमाबाट खसेको पहिरोका कारण बुढिगंगा नदी थुनिदै गएको छ ।

लगातारको वर्षाका कारण माथीबाट पहिरो खस्नेक्रम नरोकिएपछि बाजुरा लगायत अछामका दर्जनौ बस्ती बग्ने खतरा बढ्ेको छ । पैंमाबाट पहिरो निरन्तर खसिरहेको र द्वारीमा एक सय मिटरजति सडक सतह भासिएर नदीमा खस्सेपछि नदीको आधा भाग थुनिएको वुढीगंगा नगरपालिकाको भनाइ छ ।

पहिरोको कारण नदीको आधा भाग पुरिएको छ । यस्तै नदीले अन्य भाग कटान गर्न थालेकाले स्थानीयहरु त्रसित छन् । नदी थुनिएपछि वाजुराको त्रिवेणी, वुढीगगंगा नगरपालिकासँगै अछामको साँफेबगर नगरपालिका,मंगलसैन र चौरपाटी गाउँपालिकाका केही वडा डुवानमा पर्ने खतरा देखिएको छ । यस विषयमा अछामको जिल्ला समन्वय समितिले समेत अनुगमन गरीसकेको छ ।

बुढिगंगा नदीमा दुई वर्षदेखि लगातार पहिरो खसेर नदी थुनिन लाग्दा पनि समेत सरकारी निकायले खासै ध्यान दिएको देखिदैन् । तर, पहिरो निरीक्षणमा बुढिगंगा नदीमै पुगेका प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले भने नदी नियन्त्रण तथा व्यवस्थापनका लागि तीन करोड बजेट विनियोजन गरेको दाबी गरेका छन् ।नदीको दुबै तर्फबाट सुख्खायाममा पनि पहिरो खस्नेक्रम जारी रहेकाले नदी साँघुरो हुँदै गएको छ ।