Wednesday, 19, January, 2022 info@saipalnews.com

म्याग्दीमा बाढी पहिरोबाट मृत्यु हुने २७ पुगे

म्याग्दी २७ असार । भारी वर्षापछि शुक्रबार म्याग्दीमा आएको पहिरामा मृत्यु हुनेको २७ पुगेको छ । धौलागिरी र मालिका गाउँपालिकामा आएको पहिरोले पुरिएर मृत्यु हुनेको संख्या शनिबार २७ पुगेको हो । पशुचौपायालगायत अन्य क्षति बारे लेखाजोखा हुन सकेको छैन ।गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार शनिबार राति साढे ८ बजेसम्मा २७ जना व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ । सुरक्षाकर्मी र स्थानीय समुदायको सक्रियतामा शवहरु उत्खनन गरी सनाखतसमेत गरिएको छ ।

प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जारी गरेको विज्ञप्ति अनुसार धौलागिरिका १८, मालिकाका ८ र रघुगंगा गाउँपालिकाका १ जनाको शव भेटिएको बताए । हालसम्म १२ जना घाइतेहरुलाई उद्धार गरी उपचारका लागि विभिन्न स्वास्थ्य केन्द्रहरुमा पठाइएको छ ।

जिल्लाभरबाट करिब ८९६ जना जोखिममा रहेका व्यक्तिहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । घौलागिरि गाउँपालिकाबाट ५९० जना, मालिका गाउँपालिकाबाट १९६, रघुगंगा गाउँपालिकाबाट ८५ जना र बेनी नगरपालिकाबाट २५ जरी ८९६ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले बताएको छ । प्रभावित क्षेत्रहरुमा जिल्ला प्रशासन कार्यालय म्याग्दीको संयोजन साथै विभिन्न संस्थाहरु समेतको सहयोगमा पाल, ब्ल्याङकेट, म्याट र कम्बल, खाद्यान्नलगायत राहत सामग्री वितरण गरिएको छ ।

पहिरोका कारण मालिका गाउँपालिका बिम, दुले र नुरवाङ र धवलागिरि गाउँपालिकाका मराङ, कल्लेनी, राम्चे र रिखा बढी प्रभावित भएको छ । पहिरोबाट ५० बढी घरका ७ सय जना विस्थापित भएका छन् । विस्थापितमध्ये सिवाङ माविमा ८०, दलित सामुदायिक भवन राम्चे, मराङमा २ सय ५०, जनविकास आधारभूत विद्यालय अर्वाङमा २ सय र अन्यलाई विमको किसानी मावि र आफन्तकोमा राखिएको छ । उनीहरुका लागि ३ देखि ५ दिनलाई पुग्ने ५० बोरा चामल, दाल, नुनतेल समेतको खाद्यान्न पुर्‍याइएको छ । सिवाङमा रहेका कल्लेनी र ताकमका विस्थापितलाई धौलागिरि गाउँपालिकाले छुट्टै खाने व्यवस्था मिलाएको मराङका वडाध्यक्ष राजाराम सुवेदीले बताए ।

धौलागिरि गाउँपालिका

तुलबहादुर क्षेत्री

सुकना लामगादे

आशिस लामगादे

आयुष लामगादे

आयुषा लामगादे

रेश्मा सुनार

मन सुनार

कमला श्रीपाली

सुरक्षा श्रीपाली

सुरज श्रीपाली

प्रकाश केसी

हिरामति जुग्जाली

करिश्मा जुग्जाली

कञ्चन जुग्जाली

गौशरा जुग्जाली

दिमा जुग्जाली

दिप्ती जुग्जाली

दिवान जुग्जाली

मालिका गाउँपालिका

बिष्णु पौडेल

ईच्छा पौडेल

गौदेवी नेपाली

विशेष नेपाली

वीरबहादुर नेपाली

निशा नेपाली

बिष्णु नेपाली

सन्दिप नेपाली

रघुगंगा गाउँपालिका

नलिमान छन्त्याल