Wednesday, 19, January, 2022 info@saipalnews.com

बाजुरामा पहिरोमा परी एकको मृत्यु

बाजुरा ३० असार । जिल्लाको पूर्वीउत्तरी क्षेत्रमा पर्ने बूढीनन्दा नगरपालिका–३ मा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । बूढीनन्दा–३ मेलढुस्काका ७२ वर्षीय शिव बोहोराको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी दानबहादुर रोकायाले जानकारी दिनुभएको छ ।

सोमबार मेलढुस्का काप्कोट सडकको बीचमा गोरु चराउन गएका बेला माथिबाट आएको पहिरोमा परी बोहराको मृत्यु भएको प्रहरी निरीक्षक रोकायाले बताउनुभयो । थप अनुसन्धानका लागि प्रहरी टोली घटनास्थलतर्फ गइसकेको जिप्रका बाजुराले जनाएको छ ।