Wednesday, 22, September, 2021 info@saipalnews.com

कैलालीमा यस कारण जनताप्रिय बन्दै पूर्वमन्त्री सोडारी

धनगढी ३१ असार । २०४८ साल देखिका विभिन्न निर्वाचनमा फरक–फरक निर्वाच क्षेत्र हुँदै अहिले कैलाली निर्वाचन क्षेत्र नम्बर ४ को प्रदेश सभा क भएको क्षेत्रमा सबै पार्टीका चुनावी उम्मेदवारहरुले मुख्य एजेण्डा बनाए ४ वटा पक्कीपुल । तर दशकौंसम्म तीनै पक्की पुलका चुनावी नारा घन्काएर निर्वाचित भएका सांसदहरुको संख्या आधादर्जन बढी छ । सबैले पुललाई मात्र घोषणा पत्रको पहिलो नारा बनाउँदै जनताको मत लिएरहे तर पुलको काममा सिन्को समेत भाचेन्न ।

स्थानीय सागर थापाले भने‘पुलको टेण्डर भएर निर्माणका चरण हुँदा खुसी लागेको छ ।, धेरै सांसदले चुनावमा भजन सुनाए ,कसैले गर्न सकेनन् । अहिलेको सांसद दीर्घ सोडारीले जनताको पीर मर्का बुझेका रहेछन् । चौमालाको पुरानो बजारमा पक्कीपुल बन्ने निश्चित भएको छ। जिल्लामा २ नम्बर क्षेत्र हँदै ६ र अहिले ५ नम्बरमा राखीएको क्षेत्रमा कैलालीका हस्ती मानिने व्यक्तिहरुले निर्वाचन जितेका थिए ।

२०४८ सालमा निर्वाचनमा नेपाली कांग्रेसका टेकबहादुर चोखाल, २०५१ तत्कालीन एमाले चक्र चौधरी, २०५६ मा नेपाली कांग्रेसका पुष्करनाथ ओझा, २०६४ मा तत्कालीन नेकपा माओवादीका लेखराज भट्ट र कृष्ण चौधरी कुन्धन २०७० मा माओवादी केन्द्रका गौरीशंकर चौधरी र नेपाली कांग्रेसका दीर्घराज भाट निर्वाचित भएका थिए । कैलाली २ नम्बर क्षेत्र हुँदा रामजनम चौधरी समेत त्यस क्षेत्रबाट निर्वाचित भएका थिए ।

देश संघीयता पछि सो क्षेत्रलाई कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बनाइएको छ । अहिले प्रतिनिधि सभामा नेपाल कम्युनिष्ट पार्टी कै सांसदहरु छन । प्रतिनिधी सभामा लेखराज भटट् छन भेन सो क्षेत्रमा प्रदेश सभा क मा राखिएको छ । सोही क्षेत्रमा नेकपाका सांसद दीर्घ सोडारी सांसद छन् ।

५ हजार मतको अन्तरले चुनाव जीतेका सोडारीले अहिलेसम्मका सबै सांसदहरुले दिने गरेका आश्वासनहरु पुरा गरेका छन् । विभिन्न पार्टीका प्रभावशाली नेताहरुले गर्न नसेकका कामहरु सोडारीले गरेको स्थानीयले बताएका छन् । सोडारीले निवौचित भइसकेपछि चुनावी घोषणापत्र अनुसार निर्वाचन क्षेत्रका ४ वटा पक्की पुल निर्माण कार्यलाई तीब्र गतिमा बढाएका छन् । सोडारीको पहलमा चौमाला बजार र बालुवाटर हुँदै अण्डैया जोड्ने नदीमा पक्की पुल निर्माणको ठेक्काभई निर्माण कम्पनीले सम्झौता गरी सकेको छ ।

यस्तै गौरीगंगा नगरपालिका–११ को बस्ती जोड्ने एैठाघाट र वडा नम्बर १० भैसासुर लिक्मा कटानी नदीमा पक्की पुल निर्माण ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेको सांसद सोडारीका स्वकीय सचिव ललित बोहराले जानकारी दिए । सो पुलहरुको चुनावी एजेन्डा बन्न थालेको २०४८ सालदेखि हो । सबै उम्मेदवारहरूले पुल निर्माणकै प्रतिबद्धता गरेर भोट बटुल्दै आए पनी जनताको सपना सोडारीले पुरा गेरका हुन ।

सोडारीले भनेअर्को चुनावमा यी पक्कीपुलका एजेण्डा भन्दैनन् । नयाँ योजनाका साथ जनतामा जानेगरी काम गरीरहेको छु । जनतालाई आश्वासन मात्रै दिएर हुँदैन । प्रतिबद्धत्ता पुरा गर्नु पर्छ । सोडारी सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकास मन्त्री समेत हुन् । सांससाद सोडारीमा मन्त्रीमा बहाल हुँदा ल्याएका लोकप्रिय कार्यक्रमले जनतामाझ लोकप्रिय छन् ।

जनता र कार्यकता बीच निकै घुलमिलसँगै बचनप्रति प्रतिवद्ध भएकै कारण उनलाई धेरैले रुचाउने गर्छन । विद्यार्थी राजनीतिबाट खारिएर आएका सोडारी तत्कालीन नेकपा एमालेको जिल्ला सदस्य, सचिव, अध्यक्ष एवम सुदूरपश्चिम प्रदेश सकारकार पूर्व सामाजिक विकास मन्त्रीहुँदा उनले ल्याएका लोकप्रिय कार्यक्रमले उनी जनतामाझ झन् लोकप्रिय छन ।

कैलाली निर्वाचन क्षत्रे ४ प्रदेश सभा क बाट प्रत्यक्ष भारी मतले विजयी भएका उनी प्रदेशको राजनीतिमा अब्बल व्यक्तिको रुपमा हेरिन्छ । कुशल संगठकका रुपमा चिनिने सोडारी तत्कालीन एमाले जिल्ला अध्यक्ष हुँदा कैलालीमा पार्टीलाई बलियो रुपमा स्थापीत गरेका थिए । स्थानीय तहको निर्वाचनमा पार्टीलाई पहिलो स्थानमा ल्याउन सफल भए । १३ स्थानीय तह मध्ये ७ वटामा तत्कालिन एमालेलाई विजय गराएका थिए । नेपाल कम्युनिष्ट पार्टी नेकपा सुदूरपश्चिममा बलियो  खम्बाको रुपमा रहेका सोडारी युवा नेता हुन ।

२०४६ सालदेखि नेकपा एमालेको विद्यार्थी संगठनबाट राजनीतिमा प्रवेश गरेका थिए । नेपालका विभिन्न परिवर्तनकारी आन्दोलनमा जेलजीवन विताएका उनले सांसद पदमा निर्वाचीत पश्चात आफ्नो चुनावी घोषणापत्र अनुसार विकास निर्माणका कामहरु तीव्रगतिमा अघि बढाइ रहेका छन ।

सोडारीले आफ्नो ९ महिने कार्यकालमा प्रदेशका महत्वपुर्ण कार्यहरुमा निर्णायक भूमिका खेलेका थिए । सोडारी मन्त्रीपरिषदमा हुँदा प्रदेश सरकारले एउटा निश्चित गन्तव्य र लक्ष हासिल गरेको अधिकांश सासंदले बताउने गरेका छन । पदमा बहाल हुँदा सोडारीले सरकारलाई बलियो बनाउन प्रतिपक्षीदल तथा अन्य पार्टीसंग समन्वयकारी भूमिका खेलेका थिए ।

प्रदेश सरकारले नामाकरण र स्थायी राजधानी तोके पश्चात धनगढीमा भएको आन्दोलन मथ्थर पार्न प्रतिपक्षिदलसंग सरकारको तर्फबाट महत्वपुर्ण भुमिका खेलेका थिए । उनले ल्याएका कतिपय कार्यक्रम अहिलेको मन्त्रीमण्डलले कार्यन्वयनमा ल्याए पनी धेरै महत्वपुर्ण कार्यक्रमहरु कार्यन्वयन हुन सकिरहेको छैन् ।

हकी स्वभावका सोडारी विकास निर्माण र जनताका हकहितमा जस्तोसुकै जोखीममोल्न सक्ने क्षमता राख्ने नेता हुन् । सरकारमा रहँदा उनले दुर्गम जाने डाक्टर तथा स्वास्थ्यकर्मीलाई थप सहुलियत दिने घोषणा गरका थिए । तर अहिले त्यो काम पनी अपुरो भएको छ । उनले शिक्षा विकासलागि प्राविधिक शिक्षा, युवा खेलकुद विकास, महिला शसक्तिकरण, ज्येष्ठ नागरिक सम्मान, सिचाई, कृर्षि र खानेपानी, स्वाथ्य, लगाएतका क्षेत्रमा प्राथमिककरण गरेर योजनाबद्ध रुपमा काम अघिका थिए ।

पूर्वमन्त्री सोडारीले ल्याएको चर्चित आयोजनाहरु र  लोकप्रिय कार्यक्रमहरु

१ सेति प्रादेशीक अस्पतालमा अक्सिजन प्लाण्टको व्यवस्था

२ द्धारिकादेवि ठकुरानी महिला शसक्तिकरण कार्यक्रम

३ प्रदेशका ८८ वटै स्थानीय तहमा सहरी स्वाथ्य ईकाइ केन्द्रको निर्माण तथा प्रसुति गृह निर्माण

४ एक प्रदेश निर्वाचन क्षेत्र एक खेलमैदान

५ अत्याधुनिक एम्बुलेन्स ल्याउन बजेट विनियोजन

६ महिला स्वयसेविका लाई प्रोत्साहन कार्यक्रम

७ बालविकास शिक्षक÷शिक्षीका लाई थप प्रोत्साहन भत्ता

८ प्रदेशका ग्रामिण क्षेत्र विशेषज्ञ डाक्टर सहितको स्वाथ्य शिविर

९ एक स्थानीय तह एक हेलीप्याड तथा आर्थिक अवस्था कमजोर भएका सुत्केरीलाई हवाई उद्धार

१० मुख्यमन्त्री खेलकुद कप सञ्चालन

११ ज्येष्ठ नागरीक आनन्दालयको निर्माण

१२ उच्च शिक्षा अध्यपन गराईरहेका ३२ क्याम्पसको भवन निर्माण

१३ प्राविधिक शिक्षा अध्यापन गराउँदै आएका ११ विद्यालयलाई एक करोड लागतको छात्रवास निर्माण

१४ फाप्ला क्रिकेट मैदानलाई स्तरोन्नती गर्न बजेट विनियोजन

१५ पहमानसिंह स्वार प्रज्ञाप्रतिष्ठान

१६ जयपृथ्वी बहादुर सिंह विद्यार्थि छात्रबृत्ति कार्यक्रम

१७ टिका पार्की दलित छात्रबृत्ति कार्यक्रम निर्वाचन क्षेत्रमा गरेको महत्वपूर्ण कामहरू