Wednesday, 19, January, 2022 info@saipalnews.com

कैलालीको क्वारेटिन्टबाट भागेका व्यक्ति मृत फेला

धनगढी ४ असार । कैलालीको गोलादेवी आधारभूत विद्यालयस्थित क्‍वारेन्टाइनबाट भागेका एक पुरुष आइतबार मृत अवस्थामा भेटिएका छन् । गोदावरी नगरपालिका ८ बस्ने ४५ वर्षीय ती पुरुष मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले कैलालीले जनाएको छ । उनी आइतबार बिहान क्‍वारेन्टाइनबाट भागेका थिए ।

प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले गोदावरी ८ कवुलेती सामुदायिक वनको भित्र जाने बाटो नजिक ती व्यक्तिको शव आइतबार अपरान्ह ४ बजे फेला जानकारी दिनुभएको छ । ती व्यक्ति भारतबाट फर्किएपछि साउन १ गतेदेखि क्‍वारेन्टाइन राखिएको थियो ।डीएसपी विष्टले मृतकको थ्रोट स्वाब लिइसकेको तर रिर्पोट आउन बाँकी रहेको बताए । ‘पीसीआर रिपोर्ट आउन अघिसम्म कोहि पनि शवको नजिक गएका छैनौं,’ उनले भने, ‘ घटनास्थल सिल गरेका छौं । रिर्पोट आएपछि लास उठाउने काम हुने छ ।