Monday, 20, September, 2021 info@saipalnews.com

इटालियन सिरी एः एसी मिलानको सानदार जित

एजेन्सी ४ साउन । इटालियन सिरी ए फुटबलमा एसी मिलानले बोलोग्नामाथि सानदार जित निकालेको छ । गए राति घरेलु मैदनमा भएको खेलमा बोलोग्नामाथि ५.१ गोलको फराकिलो जित निकालेको हो ।खेलको १९ औं मिनेटमा एलेक्सेस सेलेमाकर्सले गोल गर्दै घरेलु टोलीलाई १.० को अग्रता दिलाए । २४ औं मिनेटमा हकन काल्हनोग्लुले गोल गर्दै अग्रता दोब्बर पारे । पहिलो हाफ सकिन एक मिनेट बाँकी रहँदा बोलोग्नाका टाकेहिरो टोमियासुले गोल गर्दै खेल २.१ को स्थितिमा ल्याए ।

खेलको ४९ औं मिनेटमा स्मेइल बेनेसरले गोल गर्दै मिलानलाई ३=१ को अग्रता दिलाए । ५७ औं मिनेटमा एन्टे रेबिचले गोल गर्दै घरेलु टोलीको अग्रता ४=१ को पारे । त्यस्तै खेलको इन्जुरी सममा डेभिड कालाब्रीयाले गोल गर्दै मिलानलाई ५=१ को फराकिलो जित दिलाए ।जितसँगै मिलानले ३४ खेलबाट ५६ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा छ । पराजित बोलोग्नाको भमे समान खेलबाट ४३ अंकसहित दसौं स्थानमा छ ।