Monday, 20, September, 2021 info@saipalnews.com

एकताको पक्षमा उभिन जनार्दन शर्माको आग्रह

काठमाडौं ५ साउन । नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माले पार्टी एकताको पक्षमा उभिन आग्रह  गर्नुभएको छ । उहाँले पार्टी फुट्छ भनेर गरिएको दुष्प्रचारको भ्रममा नपर्न पनि आग्रह गर्नुभएको छ ।सोमबार बिहान ट्विट गर्दै उहाँले कुनै पद प्राप्तिको लोभ विना पार्टीको आन्दोलनको रक्षा गर्न दृढता पूर्वक लागेको स्पष्ट पार्नुभएको छ ।

‘पार्टी एकताबाट मर्माहत प्रवृत्ति । पार्टी एकता बच्लाकी भन्ने आतंकबाट उद्देलित भएर दुष्प्रचार गरिरहेको कुराप्रति भ्रम नपरी पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिन अपिल गर्दछु,’ उहाँले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभएको छ, ‘कुनै पद प्राप्तिको लोभ बिना पार्टी आन्दोलनको रक्षा गर्न दृढतापूर्वक लागेको कुरा प्रष्ट पार्दछु