Wednesday, 19, January, 2022 info@saipalnews.com

प्रचण्ड पक्षीय स्थायी कमिटी सदस्यको भेला, गृहमन्त्री थापा र उद्योग मन्त्री भट्ट अनुपस्थित

काठमाडौं ५ साउन । कपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूनिकट स्थायी समिति सदस्यसँग छलफल गरेका छन्। प्रचण्ड निवास खुमलटारमा भएको भेलामा पूर्वमाओवादी पक्षधर सबै स्थायी समिति सदस्यहरू रहेका छन्।गृहमन्त्री रामबहादुर थापा र उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्ट भने छलफलमा सहभागी छैनन् ।

पूर्वमाओवादीहरू छिन्नभिन्न भएको भन्दै प्रचण्डले स्थायी समिति सदस्यलाई खुमलटार बोलाएका हुन्। पूर्वमाओवादी समूह कोही यता कोही उता जस्तो देखियो। त्यसैले अध्यक्षले सबैलाई बोलाउनु भएको होु, स्रोतले भन्यो,यो बेलामा एक मत होस् भनेर छलफल भएको हो।पूर्वमाओवादी पक्षीय केही स्थायी समिति सदस्यहरू प्रचण्ड र माधव नेपालको गठबन्धनमा रहेका छन् भने कोही ओली र प्रचण्ड मिल्नुपर्छ भन्नेमा छन्। उद्योगमन्त्री एवं स्थायी समिति सदस्य लेखराज भट्ट भने पूर्ण रूपमा ओलीको पक्षमा गइसकेका छन्। साभार सेतीपाटी