Thursday, 13, August, 2020 info@saipalnews.com

नारायणगढ–मुग्लिङ सडकखण्ड पुनः अवरुद्ध

चितवन ६ साउन । पहिरोका कारण अवरुद्ध भएको करिब ३६ घण्टापछि सूचारु भएको नारायणगढ–मुग्लिङ सडकखण्ड पुनः अवरुद्ध भएको छ ।सोमबार बिहान करिब ५ बजेतिर चार किलो नजिक खसेको पहिरोका कारण अवरुद्ध सडकखण्ड आज बेलुका ५ बजेबाट एकतर्फी सूचारु भएको थियो ।

तर, सडक खुलेको चार घण्टा नवित्दै पन्ध्र किलो नजिक ठूलो पहिरो खसेर सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका प्रहरी निरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए ।माथिबाट ढुङ्गा खसिरहेको कारण अहिले पहिरो हटाएर सडक सूचारु गर्न सक्ने सम्भावना न्यून रहेकाले उक्त सडकखण्डमा यात्रा नगर्न प्रहरीले अनुरोध गरेको छ ।