Saturday, 15, August, 2020 info@saipalnews.com

झापाको सिमसार क्षेत्रमा तीन बालक मृत भेटिए

झापा ८ साउन। केही दिनदेखि बेपत्ता तीन जना बालक मृत अवस्थामा भेटिएका छन् । भद्रपुर नगरपालिका–२ मा रहेको सिमसार क्षेत्रमा उनीहरु मृत भेटिएका हुन् ।जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी राकेश थापाका अनुसार मृत्यु हुनेमा १० वर्षीय अंकुश तामाङ, १४र१५ वर्षका करण थामी र उनका भाइ ११र१२ वर्षका अर्जुन थामी छन् ।

मृतकमध्ये तामाङको शव बुधबार फेला परेको थियो भने बिहीबार बिहान थप दुई जनाको शव भेटिएको हो ।प्रहरीका अनुसार खोजी तथा उद्दारमा १ नं। प्रदेश विपद व्यवस्थापन गुल्म, चन्द्रगढीबाट समेत टोली परिचालित भएको थियो । थप कानूनी प्रक्रिया सुरु गरिएको थापाले बताए ।तीनै जना बालक घरबाट खेल्न जान्छु भनेर निस्किएका थिए ।