Thursday, 27, January, 2022 info@saipalnews.com

सीतापाइलामा एक युवतीमाथि एसिड प्रहार

काठमाडौं ८ साउन । बिहीबार साँझ सीतापाइलामा एक युवतीमथि एसिड प्रहार भएको छ ।ओखलढुंगा घर भएकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार भएको प्रहरीले बताएको छ । घरबाट दही किन्न भनेर निस्किएकी उनीमाथि एसिड प्रहार भएको हो ।उनको अनुहारमा एसिड प्ररेको छ । र, कीर्तिपुरस्थित अस्पतालमा लगिएको  महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख श्यामलाल ज्ञवालीले जानकारी दिए ।एसिड प्रहार गर्नेको खोजी भइरहेको छ ।