Wednesday, 22, September, 2021 info@saipalnews.com

प्रचण्डको दाबीः केपी ओलीकै सक्रियतामा नेकपा एमाले दर्ता भयो

फाइल फोटो

काठमाडौं ९ साउन। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकै सक्रियता र पहलमा नेकपा एमाले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको दाबी गरेका छन् ।पुष्पलाल स्मृति दिवसको अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा प्रचण्डले पार्टी संकटमा रहेको बताए ।

किनकी पार्टीको बैठक चलिरहेकै बेलामा अर्का अध्यक्षको सक्रियता र पहलमा नेकपा एमाले दर्ता भएको छ’ उनले भनेका छन् ।अर्का अध्यक्ष ओलीतिर संकेत गर्दै उनले पार्टी बैठक चलिरहेकै बेला देशभर केही कार्यकर्ता जिन्दावाद र मुर्दावादको नारा लगाउन लगाइएको समेत उल्लेख गरे ।