Thursday, 13, August, 2020 info@saipalnews.com

सीमा सुरक्षामा खटिएका १८ जना सशस्त्र प्रहरीमा कोरोना पुष्टि

झापा ९ साउन । मुलुकको पूर्वी सीमा नाकामा खटिएका १८ जना सशस्त्र प्रहरीलार्ई कोरोना पुष्टि भएको छ । मंगलबार दुई जवानमा कोरोना देखिएको थियो ।जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईका अनुसार सबै सीमा सुरक्षा बल काँकडभिट्टामा कार्यरत हुन् । उनीहरु विगत ४ महिनादेखि सीमामा तैनाथ थिए ।

फोकल पर्सन चम्लागाईंले संक्रमित सबैलाई उपचारका लागि मोरङको गोठगाउँस्थित कोभिड अस्पताल लागिएको जानकारी दिए ।झापामा शुक्रबार थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापामा कोरोना संक्रमितको संख्या ३४५ पुगेको छ । २९८ उपचारपछि घर फर्किएका छन् ।