Saturday, 15, August, 2020 info@saipalnews.com

आज सुरु हुने पूर्व निर्धारित टोकियो ओलम्पिक अझै अनिश्चित

एजेन्सी ९ साउन । जापानको राजधानी टोकियोमा आज ९शुक्रवार० बाट २०२० ओलम्पिक खेल सुरु हुने थियो, तर अब यो अर्को बर्ष सम्मको लागि स्थगित भएको छ ।यद्यपि यो स्पष्ट छैन कि टोकियो ओलम्पिक २०२१ मा नै सम्भव हुन्छ भन्ने । अझै पनि यस्को आयोजनामा लागेको आशंका बादल तोडिएको छैन ।

यदि अर्को वर्षसम्म ओलम्पिक भए पनि केही खेलाडीका उमेर निर्धारित उमेर भन्दा अधिक हुनेछ। उहि समयमा, केही खेलाडीहरूको लागि, २०२१ सम्म पर्खनु मानसिक र आर्थिक रूपमा पनि समस्या बन्ने निश्चित छ ।