Wednesday, 19, January, 2022 info@saipalnews.com

लकडाउनको कारण पृथ्वीको ध्वनी प्रदुषण ५० प्रतिशतले ह्रास

एजेन्सी ९ साउन । एउटा नयाँ अनुसन्धानले लकडाउनको कारण पृथ्वीमा ५० प्रतिशत ध्वनी ह्रास गरेको देखाएको छ ।अनुसन्धानका अनुसार मानिसहरुको हिडडुल र यातायात जस्ता गतिविधिहरूको कारण मानिसहरूले पृथ्वीमा सिर्जना गरेको ध्वनी प्रदुषण वर्षको बीचमा विश्वको विभिन्न भागहरूमा लकडाउन लागू भएपछि झण्डै आधामा कम भएको छ ।

यस अनुसन्धानको नेतृत्व बेल्जियम रोयल वेधशालाले गरेको थियो । जसमा ७० प्रतिशत भन्दा बढी वैज्ञानिकहरूले भाग लिएका थिए। उनीहरुले संसारका ३ सय विभिन्न ठाउँहरुबाट डाटा अध्ययन गरी यो निष्कर्ष निकालेका छन्।

वैज्ञानिकहरू भन्छन, पर्यटन र मानिसहरुको आवागमनको कारण पृथ्वीको ध्वनी प्रदुषण कम भएको छ। यस अनुसन्धान सम्बन्धी एक प्रेस विज्ञप्तिमा भनिएको छ कि वैज्ञानिकहरूले चीन र इटालीदेखि सारा विश्वमा लकडाउनको प्रभाव देखेका छन्।