Tuesday, 27, October, 2020 info@saipalnews.com

यसकारण साउनमा मासु र रक्सी खानुहुँदैन

काठमाडौं ९ साउन । साउन वर्षकै सबभन्दा पवित्र महिना मानिन्छ । साउनमा विशेष नियमहरूको पालना गर्ने परम्परा शताब्दियौंदेखि चलिआएको छ। यस्तै एउटा नियम मासु र रक्सीको सेवन नगर्ने पनि हो । के हो त यसको खास कारण ? यसको धार्मिक र वैज्ञानिक कारणका बारेमा हामी यहाँ चर्चा गर्दैछौं ।

धार्मिक कारण

यसै पनि हिन्दू धर्ममा मद्यपान र मांसाहारी राम्रो दृष्टिले हेरिन्न । त्यसैपनि साउन जस्तो पवित्र महिनामा त यिनीहरूको सेवन वर्जित नै छ। शिवशक्तिको पूजन गर्ने पवित्र महिनामा अपवित्र मासु र रक्सी किन पिउनु ? जीव हत्या गर्नु यसै पनि पाप हो र पवित्र साउन महिनामा यो पाप बोक्नु अनुचित छ । यो महिना पशुहरूको प्रजननको समय हो र गर्भावस्थामा रहेको पशुको हत्या गरेर निकालिएको मासु खाएर पापको भागिदार हुनु हुँदैन ।