Thursday, 27, January, 2022 info@saipalnews.com

भक्तपुरबाट खसी–बाख्रा चोर्ने दुई जना पक्राउ

काठमाडौं १० साउन । भक्तपुरको सुर्यविनायक स्थित सिरुटारबाट खसी–बाख्रा चोर्ने दुई जनालाई प्रहरीले पक्रेको छ ।शनिवार बिहान गिता राईको गोठको ताला फोडेर त्यहाँ रहेका ३ वटा खसी र ४ वटा बाख्रा चार्ने दुई जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत ठिमीले जनाएको छ ।पक्राउ पर्नेमा सर्लाही घर भएका २७ वर्षीय सागर तामाङ र रौतहट घर भएका २१ बर्षिय बिजय तामाङ छन् ।

चौपाया चोरेर कलंकीमा रहेको खसी बजारमा बेच्दै गरेको अवस्थामा महानगरीय प्रहरी प्रभाग सिरुटारबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्रेको हो ।चोरीमा संलग्न रौतहट घर भएका च्याङबा तामाङ फरार छन् । उनीहरुले ओसारपसारका लागि गाडी प्रयोग गरेर चौपाया चोर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।