Thursday, 13, August, 2020 info@saipalnews.com

हवाई उडानका कारण सन्दीप लामिछानेको सीपीएल यात्रा समस्यामा

काठमाडौं १० साउन । नेपाली लेगस्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग सीपीएल खेल्नेबारे अन्योल उत्पन्न भएको छ । सीपीएल खेल्नका लागि अबको एक साताभित्र ट्रिनिडाड एण्ड टोबागो पुगिसक्नु पर्ने बाध्यता सन्दीप सामु छ । यसका लागि अहिलेसम्म उनको हवाई उडानको कुनै टुङ्गो लाग्न सकेको छैन ।

हवाई उडानको टुङ्गो लाग्न नसक्दा सन्दीपले सीपीएल खेल्न पाउनेबारे यकिन हुन नसकेको हो । सीपीएल खेल्नका लागि सन्दीप साउन १७ गतेसम्म पुगिसक्नु पर्ने छ । सरकारले गत बुधबार बन्दाबन्दीको अन्त्य गरे पनि अन्तर्राष्ट्रिय हवाई उडान भने कोरोना भाइरसको कारण आगामी भदौ १ गतेदेखि मात्र खोल्ने निर्णय गरेको छ ।

सरकारको उक्त निर्णयका कारण सन्दीपलाई क्रिकेट खेल्नका लागि विदेश जान समस्या भएको हो । जमैकाले ९० हजार अमेरिकी डलरमा सन्दीपलाई अनुबन्ध गरेको छ । सन्दीपले यसअघि पहिलो र दोस्रो संस्करणको पीपीएल खेलिसकेका छन् ।