Saturday, 15, August, 2020 info@saipalnews.com

बागलुङमा पहिरो, दुई जना बेपत्ता

बागलुङ ११ साउन । शनिबार राति खसेको पहिरोले तीनवटा सवारी साधन पुरिएका छन् भने पहिरोमा दुई जना युवक बेपत्ता भएका छन् ।बागलुङ नगरपालिका–१ को निरयघाट जाने सडकमा खसेको पहिरोले ट्याक्टरलाई कालीगण्डकी नदीमा पुर्‍याएको छ । एउटा टिपर र एउटा डोजर पुरिएका छन् । डोजरका अपरेटरले भागेर ज्यान जोगाएका छन् । ट्याक्टरका चालक रोशन नेपाली र टिपरका चालक निर्मल पुन हराएका छन् ।

राति नै प्रहरी, सशस्त्र प्रहरी र सेनासहित स्थानीय घटनास्थलमा पुगेर उद्धार थालेका थिए । निरन्तर पहिरो खसेकोले जोखिम भएपछि बिहानसम्म उद्धारको काम सफल हुन सकेको छैन । बिहान प्रहरीले एस्काभेटर लगेर उद्धारमा गएको छ । बेपत्ताको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताए । वर्षात नभए पनि सुख्खा पहिरो खसिरहेको उनले बताए ।