Wednesday, 22, September, 2021 info@saipalnews.com

सैनामैनामा सवारी दुर्घटना हुँदा एकको मृत्यु, ५ जना घाइते

बुटवल ११ साउन । पूर्व पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैना नगरपालिका–१ बनकट्टामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  पाँच जना घाइते भएका छन् ।  दुर्घटनामा प्यूठान स्वर्गद्वारी नगरपालिका–६ का ४० वर्षिय होमबहादुर घर्तिमगरको मृत्यु भएको छ ।

बुटलदेखि पश्चिमतर्फ जाँदै गरेको लु २ च २०२१ नम्बरको पिकअपलाई विपरित दिशाबाट आउँदै गरेको लु १ ख ४७९५ नम्बरको ट्रकले ठक्कर दुर्घटना भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । घाइतेहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।