Tuesday, 27, October, 2020 info@saipalnews.com

मैले चिनेको झपट रावल

कैलाली । झपट रावल वि.सं २०३१ साल माघ ७ गते अछाम जिल्लाको बवकट वस्ती कैलासको किनारमा अवस्थित चाफामाण्डौ गा।वि।स अन्तर्गत मुजाका मुख्या सर्प रावलको नाती तथा बुवा अम्मर रावलको कान्छो सुपुत्रका रूपमा जन्मेका थिए, तत्कालिन अवस्थामा अम्मर रावलका जेष्ठ सुपुत्रबहादुर सिंह रावल काठमाडौमै स्नातक तहको अध्ययनमा थिए भने अर्का ,माईला र साईला छोरा समेत विद्यालय शिक्षाको  निरन्तरतामा रहेको देखिन्छ ।

एउटा विकट गाउँ कैलासको किनारमा जन्मिएता पनि मध्यम वर्गिय परिवार अनि पारिवारिक पृस्टभूमि सचेत र बुझ्रुक भएकाले रावललाई अध्ययन अध्यापनको लागि स्वभावतः प्रारम्भिक पाठशाला घरको वातावरण राम्रो भएकाले कुनै समस्या भएन उनी गाउँकै विद्यालयबाट प्राथमिक तहको अध्ययन पश्चात माध्यमिक शिक्षाको लागि अन्नपूर्ण मा.वि कालागाउँमा अध्ययन गर्न गएको देखिन्छ ११ जिल्ला कै एक उत्कृस्ट विद्यालयको रुपमा चिनिने अन्नपूर्ण मा.विबाट आफ्नो राजनीतिक यात्राको सुरुवात तत्कालिन निर्दल र बहुदल अर्थात पन्चायत विरोधी आन्दोलनबाट सूभारम्भ गरेको देखिन्छ ।   उम्मेर सानो भएता पनि त्यही अवस्थामा कालागाँउमा पन्चायतको भवन रावलको नेतृत्वमा तोडिएको तत्कालिन उहाँका निकटस्थहरु बताउने गर्दछ्न निडर,र हक्की स्वभाव भएका रावल छोटो समयमै अध्ययनको सिलसिलामा रहेको बेला जिल्ला को युवा विद्यार्थीको कमान्डर बन्नपुगेको देखिन्छ समाजमा भएका बिकृती बिसंगतीका विरुद्ध तथा पन्चायती शासन व्यबस्था परिवर्तनका लागि बाल्यकालको जीवन नै सुम्पिएको देखिन्छ ।

उच्च शिक्षा अध्ययनको लागि २०४८ तिर रावल काठमाडौं गएको देखिन्छ जतिखेर रावलका दुई दाजुहरु स्थायी शिक्षकको रुपमा अभिभावक्त्व गर्दै थिए यानिकी खाली खुट्टा काठमाडौ छिर्नुपर्ने अवस्थाको सृजना भएको देखिदैन् भन्ने कुरा त नजिकका सहपाठीबाट समेत बुझिन्छ ।

काठमाडौंमा अध्ययनको सिलसिलामा रावल अनेरास्ववियुको केन्द्रिय नेतृत्वमा रहि विद्यार्थीको हकहित का निम्ति सदैव अग्रमोर्चामा रहदै कुशलतापुर्वक काम गरेको संगठनको ऎतिहासिक पृष्ठभूमिले समेत दर्शाएको छ अध्ययनमा तीब्र रुचि राख्ने जिज्ञासु स्वभावका प्रस्टबक्ता रावलले लोकतान्त्रिक गणतन्त्र प्राप्ति निम्ति अग्रमोर्चा रहि महत्वपूर्ण भूमिका समेत निर्वाह गरेको देखिन्छ ।

कुशल संगठक स्पष्ट बक्ता भएकै कारण रावल सुदुरपस्चिम अनेरास्ववियुको इन्चार्ज हुँदा सवै क्याम्पसमा स्ववियु नेतृत्व कायम गराउन सफल भएको देखिन्छ एता एकजना मित्रले कैलाली बहुमुखी क्याम्पसका सभापति यज्ञराज ढुङ्गानाले काठमाडौं दाल चामल पुर्याउने कुरा गरेछन यस्तो लज्जास्पद कुरा गर्न अलिकति पनि अप्ठ्यारो मान्नु पर्दैन होला त बरु रावल अनेरास्ववियुको जिम्मेवारीमा रहँदा संगठनको कोष मजवुत निर्माण भएको र रावलले कुनै ब्यक्ती वा संगठनवाट कुनै शीर्षकमा रकम नलिएको सहयात्रीहरु अनुभव सुनाउदैछ्न ।

शक्तिको दुरुपयोग गर्नेभए मलाई लाग्छ रावल युवा संघ नेपालको २ पटक केन्द्रिय उपाध्यक्ष समेत भइ जिम्मेवारी समाल्दा कहीँ कतै आर्थिक प्रलोभनको कुरा देखिएन,पार्टी संगठनले दिएको जिम्मेवारीलाई आत्मसात गर्दै जस्तोसुकै परिस्थितिमा पनि नेतृत्वको बागडोर समाल्न तयार हुने सरल स्वभाव र स्पष्ट विचारभएका बौद्धिक ब्यक्तित्व माथिको प्रहारले कतै काम नगरी कालाकोठिमा सडयन्त्रका तानामाना बुन्ने प्रबृती भएका हरुको छट्पटी त होईन रु पार्टी र संगठनले दिएको जस्तोसुकै जिम्मेवारी सफलता पुर्वक समाल्न सक्ने सरल स्वभाव भएका रावल,मन्त्री को सचिवालय बस्दा समेत निर्भीकताका साथ निस्कलंक भैइ सफलतापुर्वक कार्यसम्पादन गरेको देखिन्छ ।

अनि रावल, नेकपा एमालेको तत्कालीन केन्द्रिय कमिटी सदस्य तथा कैलाली इन्चार्ज भैइ स्थानीय तह प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन हुँदाको बिजय उल्लासलाई के नयाँ ईतिहास भन्न मिल्दैन होला त यस्मा नि उहाँको सफलता अनि असफलता केहो नियालेर हेर्दा भैहाल्यो नि है कम्रेड,, प्रतिनिधि सभामा प्रतिनिधित्व गरिसकेपस्चात समग्र कैलालीको बिकास र संबृद्वीका लागि नयाँ ईतिहास कायम भएको छ कि छैन भनी एकपटक ।

कैलाली क्षेत्र नं.२ का जनतालाई सोध्नु अनि राज्यको नजर नपरेको बादी बस्ती हेर्नु र भुगोलको समग्र स्थिति अध्ययन गर्न ९ पुल,पुलेसो,बाटाहरु र अन्य संरचना हेर्न स्कारपियो लिएर हिंड्दा नि हुन्छ किनकी भौतिक प्रगती र क्षेत्रको विकास नियालेर त यथार्थ भन्न सकिएला त कम्रेड ,त्यसै ढोल पिटाइ किन गर्नु र सदनको ईतिहास हेर्दा भैहाल्यो नि आफ्नै सरकारका विरुद्ध रातो बुक फिर्ता गर्न नि हिम्मत चाहिन्छ होला कम्रेड, पछिल्लो पटक,नेपालमा वनलाइनको कमी छैन् । एक वनलाइनले कैलाली २ का माननिय तथा नेकपाका युवा नेता झपट रावलको बारेमा लेखेको एक समाचार पढ्दा हाँसो उठ्यो र केही कुरा भन्न मन लाग्यो ।

१–झपट रावलको पारिवारिक अवस्था के हो भन्ने कुरा समाचार लेख्ने पत्रकार भन्दा उहाँ जन्मेको अछाम जिल्लाको चाफामाण्डौका स्थानीयहरुलाई बढी थाहा छ । रावलका जेठा दाजु २०२८ सालमा काठ्माण्डौं अध्यन गर्ने सिमित अछामका विद्यार्थी मध्य एक हुन । २०२८ सालमा नै छोरालाई काठ्माण्डौं पढाउन सक्ने परिवारका सदस्य अनि झपट रावल काठमाडौं छिर्दा त घरमा दुई दाजु स्थायी सिक्षक थिए अनि अछामबाट काठ्माण्डौं खाली खुट्टामा आएको तर्क नै हास्यास्पद हो ।

हो, उहाँलाई दैवले आमा बुवाको ममताबाट विमुख बनायो, त्यसै कारणले झपट रावल खाली खुट्टा काठ्माण्डौं पुगेको भनि समाचार लेख्ने पत्रकारको तर्क हो भने यो समाचार लेख्ने पत्रकारका कुनै पनि सन्तानलाई झपट रावलले जस्तै आमा बाबुको ममताबाट बालक अवस्थामा नै विमुख हुनु नपरोस भन्ने कामना गरौं ।

२–झपट रावल २०४६ सालमा जन आन्दोलनमा अन्नपुर्ण मावि कालागाउमा पञ्चायत स्तम्भ ढाल्ने विद्यार्थी आन्दोलनका नेतृत्वकर्ता मध्य एक हुन । २०४९ सालमा उहाँ अखिलको तर्फबाट शंकरदेव क्याम्पसको स्ववियु सचिवको उम्मेद्वार पनि हो । २०५० सालमा उहाँ अखिलको अछाम जिल्ला कमिटीको उपाध्यक्ष भएको अछाम जिल्लामा सबैलाई थाहा छ ।

२०६४ सालमा उहाँ तत्कालिन शिक्षा राज्यमन्त्री मोहनसिंह राठौरको पिए बनेका बेला समेत कैयौं राजनैतिक मञ्चमा राठौर आफै उहाँ पनि म जस्तै नेता पार्टीको जिम्मेवार नेता हो भनेर बोलेको सुन्नेहरु अहिले पनि जिउदै छन ।

समाचार लेख्नेलाई थाहा हुनु पर्ने कुरा के हो भने राठौंर २०४६ सालको आन्दोलनका बेला पञ्चायती व्यवस्था अन्तर्गतको गाउँ पञ्चायतको वडाध्यक्ष हुनुहुन्थ्यो एमाले पार्टीको आवद्धता समेत २०४९ तिर मात्रै हो । ३–सरकारी जग्गा काण्ड भनेर तिलको पहाड बनाइएको विषयका सन्दर्भमा अहिले कैलालीका अधिकाँश ठाउमा ऐलानी जग्गा बस्नेहरु कति छन कति । ति सबैलाई सरकारी जग्गा कब्जाको भाषा प्रयोग गर्न मिल्दैन ।

अर्को कुरा २०२२ सालमा नै अछामबाट झपट रावलको आधा परिवार कैलाली बसाई सरेको हो । गत चुनावका बेला कैलालीमा घर नै नभयका दाईको घरमा बसेका भनी प्रचार गर्नेहरु अहिले उहीँ दाईको घर जग्गा झपट रावलले कब्जा गरेको देख्ने कस्तो दुराग्रही दृष्ट्रीदोष हो ।सोही प्रशंगमा बादी समुदाय र मुक्त कमैयाका बस्तीका कुरा उठाइएको छ, मुक्त कमैया बादीहरुको घरबासका लागि सँसदमा सबै भन्दा बढी कुरा उठाउने साँसद झपट रावल नै हुन , पत्रकारले यो कुरा पनि नसुन्नु पुर्वाग्रह मात्र हो की ?

४–बाँकी राजस्व छली देखि कलेजमा लगानी भन्ने आरोपमा साँसद रावलले आफैले स्पष्ट पारी सक्नु भएको छ । यदि गलतरुपले आर्जन गरेका सम्पति भएमा सरकार वा अन्य कुनै निकाएले छानविन गर्दा कसैले रोक्न सक्ने अवस्था हो र ? ५–सामुदायिक वनमा लगानी भनेर गरिएको हास्यास्पद तर्क हो । कुनै पनि व्यवसायमा लगानी भएको कि त कागजमा देखिनु पर्छ वा कसैले मैले काम गरेको हो, लगानी यसको पनि छ भन्नु पर्यो । समाचारमा कसैको स्रोत उल्लेख नगरिएबाट यो तर्क आफैमा हावा तर्क हो । यस्ता नक्कली कुरा पित पत्रकार बाहेक अरुले गर्दैनन् ।

६–रानी जमरा कुलरिया सिचाँई आयोजनाको ठेक्का पट्टामा लगानी जस्तो तथ्यहिन तर्क गर्दा समाचारमा कुन ठेकेदारसँग सहकार्य हो उल्लेख गरेर ठेक्का लाइसेन्स नम्बर नै उल्लेख गरिदिएको भए जनता र आम पाठक भ्रममा पर्ने थिएनन कि रु किन की बिना लाइसेन्स काम दिने नेपालमा कुन आयोजना होला ?

७– यी सबै तथ्यलाई हेर्दा समाचार आलोचना गर्न योग्य पनि छैन, किन की समाचारको कुनै अंग नै नपुगेका काल्पनिक कथाले समाचार प्रकाशन गर्नेको अभिष्ठ त पुरा भयो होला आम पाठक माथी यस्ता अनावश्यक तथ्यहिन समाचार प्रकाशन गरेर बौद्धिक भार नथुपार्नु नै हितकार हुन्छ पत्रकार महोदय,