Thursday, 13, August, 2020 info@saipalnews.com

बागमती प्रदेशका चार प्रहरी यस कारण परे निलम्बनमा

काठमाडौं १४ साउन । बागमती प्रदेश प्रहरी कार्यालयले सेवा ग्राहीसँग घुस मागेको अभियोगमा चार जना प्रहरीलाई निलम्बन गरेको छ । प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीको स्टिङ अपरेशनमा पक्राउ परेका चारजना प्रहरीलाई निलम्बन गरिएको बागमती प्रदेशका डिआइजी बसन्त कुमार लामाले जानकारी दिए ।

निलम्बित हुनेमा ईलाका प्रहरी कार्यालय रामनगरका हवल्दार प्रकाश जैसी, प्रदेश ट्राफिक प्रहरी कार्यालयका जवान योगेन्द्र कुमार मल्ल, ईलाका प्रहरी कार्यालय मनहरीका जवान अजय महतो र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरमा कार्यरत जवान लक्ष्मणकुमार महतो छन् ।यात्रुको भेषमा प्रदेशबाट खटिएको विशेष टोलीले सोमबार सवारी चालकसँग घुस लिँदै गरेको अवस्थामा उनीहरुलाई पक्रेको थियो ।

निलम्बिन गरिएका प्रहरीबारे छानविन गर्न डिएसपी विज्ञान बस्नेतको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरिएको डिआइजी लामाले रातोपाटीलाई जानकारी दिए ।